वास्तविकता

Debicharan.sedai@gmail.com/ September 30, 2022/ गजल/ 0 comments

देवीचरण सेडाईँ

भइदिन्छ किन रङ्गिन पानी रङ्ग त्यो मिसाउँदा
जाँदैन किन लागेको रङ्ग पानीमा भिजाउँदा ।

दैवको खटन भनेर मानिस कर्तव्य गर्दछन्
सोच्दैनन् केही कामका कुरा जीवन बिताउँदा।

सुन्दैन कुरा न ज्ञान उसको पापी छ मन त्यो
मान्दैन लाज हट्दैनपछि अरूलाई सिकाउँदा।

न राख्छ भक्ति ईश्वर प्रति निष्ठुरी भइदिन्छ
त्यसैले उसलाई लाग्दैन केही सम्बन्ध छिनाउँदा ।

खाएको ऋण जान्दैन तिर्न मानिस हुँ भन्दछ
न झुक्छ कहिल्यै साहुले आई त्यो ऋण छिराउँदा।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *