अवचेतन मस्तिष्क -9

Debicharan.sedai@gmail.com/ September 29, 2022/ लघुकथा/ 0 comments

पानी रह्यो । जितेन्द्रले बोलायो दुई पटक । परबाट एउटा शब्द आयो “को हो?”
– म,गुरुजी ; जितेन्द्र ।
-आइज बाबू, भित्र आइज ।
जितेन्द्र पस्यो भित्र तर त्यो घरभित्र थिएन । गुरुको पूरानो घरबाट निकै पर नयाँ घर बनाएको रहेछ । गाउँका थोरै मानिसलाई मात्र थाह रहेछ गुरुले घर बनाएको । ऊ गयो र पस्यो घरभित्र । गुरुको घर देखेर सातछक्क पर्‍यो । उसले पूरानो घर देखेर गुरुको घर बनाइदिने सोच भित्र पस्नासाथ पानी भयो । ऐना जस्तै टल्किने पत्थरको मझेरी भएको घर । बस्ने कुर्सीमा नीलो रङ्गको कपडाको खोल । उसलाई गुरुको घरजस्तो पनि लागेन । ऊ बस्न सकेकै थिएन । गुरुले भने बस जितेन्द्र किन उभिएको? ऊ भिजेको कपडामा भएकाले बस्न चाहेन र भन्यो ” गुरु भोलि घर आरम्भ गर्ने भनेको कतिखेर हो गर्दिनु पर्‍यो ।”
– कस्तो घर बनाउन आँटिस हौ?
ऊ आफ्नो घरको विषयमा सोच्न लाग्यो -” म यो भन्दा राम्रो घर बनाउँछु । भुँई तलामा बस्ने खाने र एउटा पाहुनालाई कोठा अनि नुहाउने कोठा । बाहिर पट्टी टट्टीघर । माथिल्लो तलामा चारवटा कोठा ,तलको बैठक कोठाबाटै सिँढी बनाएर माथि जाने बनाउँछु । गुरुको जस्तो सेतो हैन हरियो रङ्गको बनाउँछु मझेरी । भित्र पस्दा पनि झार मै टेकेजस्तो लाग्ने किसिमको ।”
गुरुले हैन हौ जितेन्द्र तँ न बसिस न मेरा कुराको उत्तर दिइस भन्दा ऊ वास्तवमा फर्किन्छ ।
– के भन्नु भो गुरु?
– हैन कस्तो घर बनाउन आँटिस भनेको !
– खै गुरु एकजनालाई घरको चित्र बनाउन भनेको थिएँ , उनले चित्र बनाइदिएका छन । त्यही चित्र हेरेर बनाउनु पर्ला !
– ठिकै छ म भोलि बिहान आउँला ।
ऊ गुरुलाई नमस्कार गरेर निस्कने साथ गुरुका घरभित्र पस्दाको अनुभवलाई दोहोर्‍याउन लाग्यो । सानो चिटिक्क परेको अत्यन्त सुन्दर घर । त्यस किसिमको घर देखेको यही नै प्रथम हो उसले । सोच्दासोच्दै ऊ आफ्नो घर कटेर गएको पनि थाहै पाएन । बाटामा कुकुरको भुकाइमा ब्यूझ्यो सोचबाट र फर्केर आयो घरतर्फ ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *