धर्तीको स्रष्टा

Debicharan.sedai@gmail.com/ September 28, 2022/ गजल/ 0 comments

-देवीचरण सेडाईँ

धर्तीको स्रष्टा हो सूर्य देखिने तारा पूर्वमा
बन्दना गर्छन् उसैलाई हेरेर सारा पूर्वमा

उज्यालो हुन्छ धर्ती यो प्रकाश पाए सूर्यको
नदेखे सूर्य आकाशमा हेर्दछन् विचारा पूर्वमा

दैवको सृष्टि भन्दछन् जानेर हो कि नजानि
बुझेर शक्ति सूर्यको लगाउँथे नारा पूर्वमा

ज्ञानको प्रकाश झल्किने भेटिन्छ वेदमा त्यही नै
ज्ञानको प्रचार हुँदैथ्यो यही थियो पारा पूर्वमा

सामर्थ्य शक्ति पाएथ्ये मान्छेले यही धर्तीमा
त्यही अनुरूप चलाउँथे जीवनको धारा पूर्वमा ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *