अवचेतन मस्तिष्क -10

Debicharan.sedai@gmail.com/ October 1, 2022/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ

       खै अचम्म लाग्ने कुरा पो रहेछ । "हैन के भन्नुहुन्छ हौ? के अचम्म लाग्यो?"भन्दै आएर नजिकै बसी हीरा । 

साँच्चै अचम्म लाग्यो मलाई सुन्यौ ? गुरुको घर देखेर मलाई दया लागेको बृथा रहेछ । उनको घर पूरानो घरको पछिल्तिर बनाएको रहेछ तर मलाई थाहै थिएन। घर सर्दा त बोलाएका थिए र?”

“तपाईं हुनुहुन्नथ्यो अनि कसरी थाह होस् ? हामी पनि जान भ्याँइनौ । गुरु रिसाउनु त भएन ?”

“रिसाए जस्तो त बुझिन मैले । सायद थाहै पाउनु भएन होला!” दुवै पति पत्नी कुरा गरिरहेका बेला ऊ अन्य मनस्क हुँदै जान्छ र वास्तविकताबाट कता कता पुगिदिन्छ उसको सोच । ऊ आफूलाई त्यही सोचमा डुबाएर रुमल्लिन लाग्छ ।
” गुरु त आउँछन हो तर उनले भनेका चिज भएनन भने घरको खाँबो गाडिन्छ र ? ठिकै छ हेर्दै जानुपर्ला। ऊ हरेक कुरामा डुलिरहँदा उसका अघि पुलिस आएर उभिएको देख्छ –
-” तपाईँको नाम जितेन्द्र हो ?”

” हो किन ?”
-“तपाईंका नाममा एउटा मुद्दा छ । तपाईं भोलि पुलिस चौकीमा जानुपर्ने छ ।”
-” किन के को मुद्दा हो?”
-” तपाईंले पञ्चायतमा नजनाई घर बनाउन थाल्नु भएको हुँदा पञ्चायतले तपाईं माथि मुद्दा हालेको छ , त्यसैले भोलि तपाईं चौकीमा पुग्नु पर्ने।”

“यो विधान कहिलेदेखि लागु भएको हो?”
“त्यो सबैकुरा तपाईंले भोलि नै थाह पाउनु हुने छ”भन्नासाथ छोराले बोलाउँदा उसको तन्द्रा फेरिन्छ र वास्तविक सोचमा ओर्लिन्छ ।
-“के घर बनाउँदा पञ्चायतको अनुमति आवश्यक हुनेकुरा साच्चै हो ? हो भने त ल्याउन जानुपर्ने रहेछ । उसले छोरालाई चन्द्रलाई बोलाउन पठाउँछ।
-“के के आइलाग्छ हौ मान्छेलाई? आफ्नो घर बनाउन पनि अनुमति चाहिने , कस्ता दिन आए ? अझ अरू कस्ता कस्ता दिन आउने हुन?”
-“चन्द्रलाई त यो कुराको जानकारी पक्कै होला ! अब ऊ आएपछि मात्र सोच्नुपर्ला ।”
उसलाई भित्रबाट हीराले बोलाएको सुन्यो ।
-“आउँदै छु ।”
-“फेरि के भयो? छोरालाई कहाँ पठाउनु भएको?”
-“चन्द्रलाई बोलाउन पठाएको।”
-“किन के भयो र?”
-“छ एउटा सानो काम । उसलाई लिएर पञ्चायत कार्यालय जानुपर्ने भयो ।”
केही क्षणमा चन्द्रलाई साथमा लिएर छोरो आइपुग्यो । उसले चन्द्रलाई सबै अवचेतन मस्तिष्कका कुरा सुनाएपछि घरको चित्र र अरू कागजात लिएर ऊ चन्द्रलाई लिएर पञ्चायत कार्यालय जान निस्किन्छ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *