अवचेतन मस्तिष्क -11

Debicharan.sedai@gmail.com/ October 6, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

जितेन्द्रले पञ्चायत कार्यालय गएर सोधेपछि मात्र थाह भयो गाउँमा घर बनाउँदा दुई तीन तलाको बनाए मात्र अनुमति लिनुपर्ने रहेछ भन्ने कुरा।
उसले मनमनै सोच्छ ” ठिकैछ मैले पनि एक तलो छाप्ने विचार गरेको थिएँ अनुमति लिनुपर्ने रहेछ ।” उसले अनुमतिको फार्म मागेर भर्‍यो र दिँदै सोध्यो – “यो फार्मको र अनुमतिको गरेर कति दिनुपर्ने हो ?”
– फार्मको दश रुपियाँ र अनुमति प्रमाण पत्रको एकसय चालिस हो भनेर भनेपछि उसले कार्यालयमा एकसय पचास रुपियाँ बुझाउँछ। लगत्तै उसले प्रमाण पत्र पाउँछ पनि ।
उसले चन्द्रलाई भन्छ -“हैन हौ चन्द्र यो अनुमतिको पैसा यिनीहरूले केमा खर्च गर्छन हँ ? “
“गृह निर्माण ग्रामीण र शहरी योजनामा खर्चहुन्छ ।”
उनीहरू पञ्चायतबाट घर फर्किँदा जितेन्द्रले चन्द्रलाई भोलि दश बजे आउनु है चन्द्र भनेर विदा दियो र आफ्नै किसिमको सोचमा मग्न हुन्छ ।
-“घरमा गुरु आइ पुग्नुभयो होला । खाडल खन्ने केटा आएर खन्दै होलान ।” एउटा केटाले खन्दै गरेको खाडलमा सर्पका बच्चा निस्किन लागेको देखेर ऊ खन्न छाडेर भाग्छ , अर्कोले सोध्छ के भयो?
– यहाँ खन्न सकिँदैन सुनिस , यहाँ त सर्पका बच्चा रहेछन ।
– मेरो त खाडल खनिदै खनिदैन ,खै के भएको होला?
– किन के छ त्यहाँ?
– आइज न हेर्न !
– हैन यहाँ त तल केही छ जस्तो पो छ त !
त्यत्तिकैमा पल्लो खाडलबाट एउटा सेतो फेटी निस्केर आएको सबैले देख्छन्, त्यहाँ हल्ला हुन्छ।
जितेन्द्र चेतनामा आउँदा घर पुगिसकेको हुन्छ। त्यहाँ ऊ आउन ढिलो भएकाले सबै बसेर गफगाफ गर्दै गरेका हुन्छन्।
गुरु आउने दिन आजै हो भन्ने उसको सोच फेरियो । ऊ घर पुग्दा उसकै बाटो हेरेर बसेकाहरूले सोध्छन ” के घर बनाउन पनि अनुमति चाहिने कुरो साँच्चै रहेछ?”
-“हो त तलो हाल्ने घर बनाउन अनुमति चाहिने रहेछ। ” त्यसैले मैले अनुमति लिएर आएँ भनेर सबैलाई सुनायो ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *