नसुनाऊ

Debicharan.sedai@gmail.com/ October 8, 2022/ गजल/ 0 comments

-देवीचरण सेडाईँ ।


म त पर्खिन्न कसैलाई मर्ने बेलामा नसुनाऊ
काम गरेर सुख अनुभव गर्ने बेलामा नसुनाऊ

बस्न मलाई नलगाऊ कर बसिदिने भएन मन पनि
यो ठाउँ छोडेर बसाइँ सर्ने बेलामा नसुनाऊ

डाँडाबाट तराइमा जाँदा बस्नुपर्ला दुखेसो पोखेर
गयो भनी नमान दुःख तल झर्ने बेलामा नसुनाऊ

भोक सम्झी आउनेछु सामु सम्झना भएछ भने
खायो भनी नभन्नु फेरि पेटभर्ने बेलामा नसुनाऊ

जाउँला विदेश धन कमाई ल्याउनलाई
जान्छु पारी जँघार तरी खोला तर्ने बेलामा नसुनाऊ I

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *