अवचेतन मस्तिष्क-12

Debicharan.sedai@gmail.com/ October 9, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ


साँझ पर्न पर्न आँटेको बेला बाटामा हिँड्दै गरेका मानिस आ आफ्नो घरमा पसिसकेका छन । बाटामा एउटा मोटरसाइकल हावाको बेगमा गएको शब्द गाउँमा सबैका कानले सुने । पल्लोघर धमाल्नी आमैकी नातिनीले गुरुआमासँग भनी -” आमै सुन्नुभो ? विजय काकाकी आमा सिकिस्त भएकी छिन अरे । त्यसैले चन्द्र काका पद्मदाइ गाडी लिन गएका अरे , कस्तो तुफान जसरी गए देख्दै डरलाग्ने ।”
-“आमै त धेरै दिनदेखि बिरामी नै थिइन् । के आज सिकिस्त भैछिन ?”
विजयकी आमा सारै भएको खबर क्षणभर मै गाउँभरी फिजियो ।
खबर सुन्नासाथ जितेन्द्र विजयको घर पुगिसकेको थियो। ऊ केहीबेर बसेपछि नै गुरु पनि आइपुगेका थिए। सबै मानिस बिमारीको विषयमा जान्न उत्सुक थिए तर जितेन्द्र आफ्नै सोचमा मग्न थियो।
“केही कथम आमै मरिन भने?”उसले देख्छ आमै उठेर बसेकी छिन ऊ आमैका छेवैमा गएर बस्छ ।
उसलाई आमैले भन्छिन् -“जितेन्द्र तेरो घर बनाउने कुरो पनि कथा नै हुनेभयो,धमाल्नी आमै रहिछन भने त बन्ला घर नत्र?” आमैका कुरा सुन्नासाथ मानिसको कोकोहोलोले ऊ वास्तवमा आउँछ। त्यहाँ चन्द्र र पद्मले आमैलाई अस्पताल लान गाडीमा सामान राख्न थाल्छन्। एकैछिनमा गाडी हिँड्छ।धेरै आइमाई मानिस र केही पुरुष मानिस आपसमा कुरा गर्दै हुन्छन् -“के आमै निकी होलिन?” जितेन्द्र गुरुका छेउमा गएर बस्छ । “खै जितेन्द्र हाम्रो जीवन पनि एउटा लामो कथा बाहेक केही हैन रहेछ!”

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *