तिहारको झिलिमिली

Debicharan.sedai@gmail.com/ October 17, 2022/ गजल/ 0 comments

-देवीचरण सेडाईँ

फूल फुल्यो सयपत्री तिहार झिलिमिली
लिपिपोती बाहिर भित्र पार झिलिमिली

वर्षदिनमा आउने तिहार मनाउन पाउँदा
भइदिन्छ आँगनको झार झिलिमिली

सेल रोटी मिष्ठान्न र अचार भागमा हुन्छ
शुद्ध हुन्छ बोली वचन उद्गार झिलिमिली

लाइदिने दिदीबहिनी टीको निधारमा
भेला हुँदा हुन्छ घर द्वार झिलिमिली

यमराजको पूजागरी भाग सारिदिन्छन्
बनाइदिने दाजुभाइको निधार झिलिमिली ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *