अवचेतन मस्तिष्क-14

Debicharan.sedai@gmail.com/ October 13, 2022/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ

जितेन्द्र विजयका घरमा पुग्दा कोही आइपुगेकै थिएनन् । गाउँका केटाहरूलाई बोलाएर बाँस काट्न खटाइसकेको थियो उसले ।घरमा विजयको भाइ, बुहारी ,उसकी पत्नी र छोराछोरी थिए । जितेन्द्रले कल्याणलाई बोलाउन पठाएको थियो । त्यहाँ छेउछाउमा कोही नहुँदा ऊ घोरिएर सोच्न थालेको थियो । “हाम्रा समाजमा चलेको यो जुठो सुतकलाई लचिलो पार्ने उपाय होला नि ! यो कुरो भरे सबै मलामीलाई सोध्नुपर्ला , कहिले कहाँ कसले बनाएको विधानलाई हाम्रो परम्परा भनेर मान्दै आउने हाम्रो समाज कति कमजोर ! यसको मुख्य कारण चाहिँ अशिक्षा नै हो “भन्ने कुरामा पुग्नासाथ कल्याण पनि आइपुगेको हुन्छ । उसले आफ्नै गोजीबाट रुपियाँ दिएर गुरुले दिएको फर्दी दिन्छ र बजार पठाउँछ ।
सबै सर सामान भेलागरिसक्नेसाथ लाश घरमा ल्याइपुर्‍याउँछन । चन्द्र र पद्मका अनुहारले रातभरि नसुतेको सङ्केत दिइरहेको थियो । एकैक्षणमा लाश बोकेर हिड्नेहरूले राम नाम सत्य हो भनेर अघिबढेको देखियो ।
श्मशानमा सबैले शोक व्यक्तगरे । चन्द्रलाई विजयले कोरामा बस्ने सम्बन्धमा अघिनै कुरो गरिसकेको थियो ।त्यहीकुरो चन्द्रले सबै मलामी भएका ठाउँमा सुनाउँदै भन्छ -” हाम्रो गाउँ लगायत अरू गाउँबाट यहाँ श्मशानमा आउनुहुने शोकाकुल समाजमा म दुईकुरा राख्न चाहन्छु ।” उसको कुरो सबैले सुन्ने आग्रह गरेपछि ऊ भन्छ -” हामी यहाँ जति जम्मा भएका छौँ त्यसमा थोरैले मात्र जुठो सुतकका विषयमा जान्नु भएको होला । हामी जुन विधान मानिरहेका छौँ त्यो विधान सन 1774-75 मा नेपालका मल्ल राजाहरू र पुरोहितहरू मिलेर बनाएको हो । कुनै पनि विधान समय सापेक्ष र जनकल्याण गर्ने किसिमको हुनुपर्छ । त्यसो हुँदा यसलाई संशोधन गर्नु जरूरी छ । अर्को कुरो – हामी कोरो बारेर बस्दा सबै दाजुभाइ बस्नुपर्ने जरूरी पनि हैन । दाजुभाइले सल्लाह गरेर को बस्दा अप्ठ्यारो पर्दैन त्यसलाई विचार गरी गर्दा हुने कुरो हो । विधान भनेको सजिलो हुनुपर्छ । हामी क्रियापुत्री भएका ठाउँमा गएर तास खेल्ने बेकामका कुरा गर्ने गरेर समय कटाउँछौँ , त्यो कुरो राम्रो हुँदैन । त्यहाँ भेला भएका बेला समाजलाई गतिशीलता दिने किसिमका सर सल्लाह गरौँ, त्यसमा हाम्रो भविष्य सुध्रिने बाटो भेटिन्छ ।”
यी सबैकुरा हाम्रा हितका लागि हुनेछन भनेर जितेन्द्रले थप्यो । सबैले सोच विचार गरेर अघिलाग्ने कुरा भनेपछि श्मशानबाट विजयका घरतिर हिँडे ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *