लौ भन के गरौँ

Debicharan.sedai@gmail.com/ October 12, 2022/ गजल/ 0 comments

-देवीचरण सेडाईँ


माया मैले लाएको हैन बस्यो आफै लौ भन के गरौँ
दिनभनी बोकेको औँठी झर्‍यो आफै लौ भन के गरौँ

एकैपल्ट देखेको मैले दोभानको त्यो पारी गाउँमा
जुधेआँखा तिम्रा र मेरा तान्यो आफै लौ भन के गरौँ

एउटामान्छे भेटगर्न आयो नजानेको मैले त्यो गाउँमा
मलाई फेरि उसैले त्यहाँ सोध्योआफै लौ भन के गरौँ

पापी मान्छे लुटाहा रैछ मलाई त्यसले लुटेर गै गयो
पैसा मेरा गोजिमा थिए खोस्यो आफै लौ भन केगरौँ

हिँडे खोज्दै बगरै भरी भेटेँ एउटा हिलामा पाइलो
त्यो पाइलो अर्कैको रैछ छेक्यो आफै लौ भन के गरौँ

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *