प्रबृत्ति

Debicharan.sedai@gmail.com/ October 19, 2022/ गजल/ 0 comments

-देवीचरण सेडाईँ

मानिसले मानिसलाई दासै पारिदिन्छ
फेरि त्यही मानिसले नै खासै पारिदिन्छ

जान्नै नपाई केही कुरा बढ्नु कसोगरी
नजान्दामा अघि आई त्रासै पारिदिन्छ

आफ्नो भन्ने मान्योभने उन्नतिमा लाउँछ
नत्र त्यही मानिस आई नाशै पारिदिन्छ

उसलाई मालिक माने उही सोझो बनिदिने
नत्र उसले रिसमा एकै गाँसै पारिदिन्छ

मानिसै हो मानिसलाई मानिस बनाइदिने
उठे रिस त्यही मानिसले लाशै पारिदिन्छ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *