अवचेतन मस्तिष्क -16

Debicharan.sedai@gmail.com/ October 30, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

मानिसको सोच र विचारमा फरक ल्याउन साह्रै अप्ठ्यारो हुँदो रहेछ भन्ने बल्ल मात्र थाहभयो । जाति जातीयता र राष्ट्रियतामा फरक नराख्ने मानिसको धारणा भएकाले आज हाम्रो जातिको अस्तित्व खोज्नुपर्ने भएको होला भन्ने हरेक किसिमका सोच बोकेर बसेको जितेन्द्र चन्द्रले "काका के विचार गर्दैहुनुहुन्छ " भन्दा सोचाइबाट पन्छिन्छ र भन्छ - " चन्द्र अनि बिहान विजयको घर गयौ ?"

-“गएको थिएँ काका “

” म त बिहान पुग्न सकिन,साँझमा जानुपर्ला भन्ने सोच्दैछु । अनि त्यहाँको खबर ठिकै होला नि हैन?”

” हो काका , तर गाउँका मान्छे कतिपय चाहिँ तास खेल्न नपाइने भन्दा मसँग पो रिसाएका रहेछन । त्यहाँ समय कटाउन जाने हो र ? ती दुःख परेका मानिसलाई शान्त्वना दिन वा उनीहरूको दुःख पातलो गराउन पो त्यहाँ जानु हो त हैन र ? काका बेलुका मास्टर,गुरुजी लगायत छात्रनेताहरूलाई पनि बोलाएको छु , तपाईं पनि आउनुहोस है !”

“हुन्छ नि म त नबोलाए पनि जान्छु नै । आज के मुद्दामा छलफल गर्ने कुरा छ चन्द्र ?”

” भरे थाह भैहाल्छ नि काका ।”यति भनेर ऊ गाउँका गण्यमान्य मानिसलाई बोलाउन हिँड्छ ।
“खै यो चन्द्रलाई पनि बुझ्नै नसकिने । कहिले के कहिले के ? गाउँलाई आदर्श गाउँ बनाउने भन्छ कसरी के गर्ने हो ? म चाहिँ भरे हाम्रो अहिलेको समस्याका विषयमा सोध्नुपर्ला क कसले के भन्दा रहेछन ।”
बेलुका जितेन्द्र विजयका घर पुग्दा गाउँका सबै मानिस आइसकेका रहेछन । चन्द्रले गुरुलाई सोध्दैगरेका बेला म पुगेको हुँदा कुरा सुन्नलाई बसेँ बिस्तारै ।

“गुरु हाम्रा समाजमा प्रचलित चलनहरूलाई परिवर्तन गर्न सकिन्छ कि सकिँदैन ? सकिने भए कसरी सकिन्छ ?”

“यी चलन भनेका नियम हैनन , विधान हुन । नियम मात्र परिवर्तन गर्न सकिँदैन । विधान परिवर्तन हुनसक्छ ।”
यसपछि नै जितेन्द्रले सोध्छ -” अहिले भारतमा बसोबास गर्ने नेपाली भाषीले आफूलाई नेपाली नभनेर किन गोर्खा भन्छन् ?”
भुर्तेल कृष्णले भन्छ -” नेपाली शब्दको संज्ञालाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नेपाली ब‌हत् शब्दकोशमा दिए अनुसार नेपालमा बसोबास गर्ने मानिस मात्र नेपाली हुन् भनेकाले नेपाल बाहिर बसेका नेपाली भाषीले आफूलाई नेपाली नभनेर गोर्खा भनेका हुन् । नेपाल बाहिर बसेका कोही नेपाली भाषी शरनार्थी भए भने नेपाली शरनार्थी नभनेर त्यही देशका शरनार्थी भनिन्छ, जस्तै – भारतीय, भुटानी, बर्मेली आदि । त्यसैले हामी जुन देशमा हुन्छौँ त्यही देशका नागरिक र जाति गोर्खा भन्नु उचित हुन्छ ।” मास्टरजी र अन्य सबैले यस कुरालाई शुद्ध हो भने र हामीले गोर्खा भन्नु नै उचित हुन्छ भने ।
चन्द्रले गाउँका सबै गण्यमान्यलाई हाम्रो संस्कारगत विधान समय सापेक्ष र सबैले ग्रहण गर्न योग्य बनाउने सल्लाह दिन्छन् र अन्त्यमा सबैलाई यस कुरालाई मनन गरेर आ आफ्नो मतामत राख्न अनुरोध गर्दछन् ।
गाउँमा भएका युवक युवती सबैलाई भाषा र जातिको सेवा गर्ने भावनामा उत्प्रेरित गराउने कुरामा सबै सहमत भएपछि विद्यार्थीहरूलाई देशको लोकसेवा आयोगका परीक्षा दिन र त्यसका लागि उनीहरूलाई कसरी सक्षम बनाउन सकिन्छ त्यस विषयमा पनि छलफल गरेपछि सबै घर घर लाग्छन् ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *