मनको दुःख

Debicharan.sedai@gmail.com/ September 24, 2022/ गजल/ 0 comments

-देवीचरण सेडाईँ

लुकाएर मनको दुःख हाँसिदिनु पर्ने
अर्कैलाई आफ्नो भनी बाँचिदिनु पर्ने

कस्तो जन्म छोरीको यो आफ्नो त्यागी सबै
सधैँभरि खुसी हुँदै लागिदिनु पर्ने

धर्ती जस्तो जीवन यो दुःख सुख एकै
अरूको नै दुःख यहाँ टारिदिनु पर्ने

छोरीको यो जीवन मेरो बाँच्नै पर्छ मैले
सधैँभरिअर्काकै मन राखिदिनु पर्ने

जस्तै व्यथा भए पनि भित्रै लुकाएर
छैन दुःख केही भन्दै ढाँटिदिनु पर्ने ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *