अवचेतन मस्तिष्क -7

Debicharan.sedai@gmail.com/ September 25, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ
जितेन्द्रले घर बनाउने सल्लाह श्रीमती र छोरासँग गरिसकेपछि दिनबार हेराएर गर्ने निधो गरेको हुन्छ । बेलुकाको खाना खाइसकेपछि ऊ घर बनाउने कुरालाई लिएर एक चित्त एक ध्यान भएकै बेला कतिखेर निदाउँछ पत्तो हुँदैन । ऊ निन्द्रामा पनि घरकै कुरा देखिरहेको हुन्छ । ज्योतिषिले उत्तरायण अष्टमी तिथि र रोहिणी,रेवती,शतभिषा, अश्लेषा र ३ उत्तरा यी कुनैपनि नक्षत्रमा घर बनाए नराम्रो नहुने भनेकाछन । विजय र नगेन्द्रलाई पनि बोलाएर घरको खाँबो गाडने खाडल खने उनीहरूले पनि सघाउलान भन्ने उसले सोच्दछ । भोलि अष्टमी तिथि शतभिषा नक्षत्र भएको दिन त्यहीँ माथि बुधबार पक्कै राम्रो होला भनेर विजय र नगेन्द्रलाई बोलाएर खाँबो गाडने खाडल खन्ने निधोगर्छ। छर छिमेक इष्टमित्र सबैलाई बोलाउँछ।
सबै आफन्तहरू भेला भएपछि पण्डितजीको सल्लाह अनुसार खाडल खन्ने ठाउँमा पुजाआजा गरेर दुईटा केटालाई खन्न लगाए । केटाहरूले तीन फुट जति खनेपछि त्यसदेखि तल ढुङ्गाले खन्न नसकिने रहेछ भने । उनीहरूको कुरा कति सत्य हो त्यो हेर्न जितेन्द्र आफैँ गयो र त्यस खाडललाई अझ ठूलो आकारमा खन्ने सल्लाह दियो । उसको सल्लाह अनुसार जब खाडलको आकार ठूलो बनाएर खने त्यतिखेर थाह भयो त्यहाँ खन्न अप्ठ्यारो पार्ने ढुङ्गो हैन रहेछ। त्यहाँ त लोहाको एउटा ठूलो बाकस रहेछ। बाकसको वरिपरि खनेपछि देखियो कि त्यो बाकस दुईटा ताल्चाले बन्द गरिएको रहेछ । सबैको सहयोगमा ती दुवै ताल्चा फुटाएर बाकस उघारेपछि देखियो त्यस बाकसमा गोला बारुद र बन्दुक रहेछन । बाकसमा भएका ती गोला बारुद र बन्दुकहरू देख्नासाथ सबै मानिसमा आतङ्कको भावना जागृत भएकाले सबैले चिच्याएको शब्दले ऊ ब्यूँझियो ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *