जून तारा टिपिदिउँला

Debicharan.sedai@gmail.com/ January 23, 2023/ गजल/ 0 comments

देवीचरण सेडाईँ
गजल
जून तारा टिपिदिउँला सानी तिमीलाई
महलमा राखिदिउँला नानी तिमीलाई।

दर्शन गर्न आए कोही दिए दर्शन हुन्छ
कोही फेरि भन्दैआउला रानी तिमीलाई।

तिम्रो मेरो नाता जस्तो कहीँ भेटिँदैन
दिएको छु मेरो जिन्दगानी तिमीलाई।

मुटु भित्र राखेको छु तस्बिर तिम्रो मैले
सोच्छु सधैँ मनभित्र ज्ञानी तिमीलाई।

तिमीलाई देख्छु सधैँ अँध्यारोमा पनि
राखेको छु मुटुभित्र छानी तिमीलाई।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *