अवचेतन मस्तिष्क -23

Debicharan.sedai@gmail.com/ January 22, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -23.
लघुकथा (धारावाहिक) समय समयको कुरो हुँदोरहेछ। मानिसले सधैँ आफ्नै हुँदो सोच राखेर काम गर्दोरहेछ। एक्लै हुने डरले समाज बनाउँछ अनि त्यहाँ विभिन्न विधान थोपर्छ । ती विधानहरूले पछि मानिसलाई नै अप्ठ्यारो पार्ला रे भन्ने सोच राख्दैन ऊ । यस्तै सामाजिक विसंगति र अप्ठ्यारा कुरालाई लिएर निमग्न भएकै बेला चन्द्रले जीतेन्द्रलाई बोलाउँछ - "काका के गर्दै हुनुहुन्छ?"

  • के गर्नु सामाजिक विसंगतिका कुरा सोचेर बसेको छु । हामी मानिसलाई श्रेष्ठ प्राणी भन्छौँ , उसले गरेका कामले देश दुनियाँ चलाउँछौँ तर समानताको आधार बिना।
  • ” किन काका केका लागि सोच्नु हुँदैछ यी सब कुरा” भनेर चन्द्रले सोधेपछि उनी भन्छन् – चन्द्र समाज भनेको मान्छेको समष्टि हो ,यदि मान्छे व्यक्ति केन्द्रिक भयो भने समाजको कुनै महत्व रहँदैन भन्ने कुरा आजको जमातलाई थाहै छैन । समाज भएन भने मानिसको कुनै अर्थ हुँदैन। यिनै कुराको पिरोलो भएको छ अहिले।
  • आह काका बेपत्ताका कुरा सोचेर आफूलाई किन दुर्वल बनाउन खोज्नुहुन्छ ? जे हुनुपर्ने हो त्यो हुन्छ नै आफ्नो काम आँफूले गर्दै जानुपर्छ, बाँकी छोड्नुपर्छ।
  • काका म त तपाईँलाई बोलाउन पो आएको त। गुरुजी कलकत्ताबाट आउनुभयो,आज तीनदिन भए । तपाईँ जाने कुरो थियो अरे । मलाई गुरुले भन्नुभएको। हामी गुरु कहाँ पनि जाऊँ अनि ठूला घर माल्दाइको घर पनि जाऊँ भनेर तपाईँलाई भन्न आएको ।
  • ठूला घर माल्दाइको घर किन ?
  • भनौँला नि जाउन ।
    जीतेन्द्रले हीरालाई बोलाएर उनीहरू गुरु कहाँ जानलागेको कुरो भन्छन र दुबै काका भतिजा घरबाट निस्कन्छन्।
    समय थोरै भएकाले पहिला ठूला घर पसेर जाने सल्लाहमा एकमत हुँदै जान्छन् दुबै।
  • आज माल्दाइकी छोरीलाई हेर्न एकजना केटा आउने अरे , मलाई माल्दाइले तपाईँलाई पनि लिएर आउनु है भनेकाले म तपाईँ कहाँ गएको हुँ । गफ गर्दागर्दै दुबै पुगिसक्ने साथ एउटा गाडी आएर आँगनमा रोकियो । गाडीबाट चारजना मानिस ओर्लिए। हामीले नै उनीहरूलाई भित्र लिएर गयौँ । एकैछिनमा आएको प्रसङ्ग एकजनाले खोले । साथ साथै चन्द्रले सोधिहाले – केटाको इलम के छ भनेर । उनीहरू बिचैका एकजनाले भने- हेर्नुहोस् इलम भनेको गरिखाने व्यवस्था हो । केटाका बावुको कारोवार छ त्यसैमा सघाउँछ केटाले ।
  • लेखाइ पढाई चाहिँ?
  • बाह्रसकेको हो । त्यसपछि व्यापार गर्न लाग्दा पढाई छोडेको हो ।
    तिनको कुरो सकिएपछि कोही बोलेनन् ।
    एकजना केटाले सबै भएका ठाउँमा चिया चमेना ल्याएर राखिदियो र गयो । चन्द्रले सबैलाई चिया लिने आग्रह गरेपछि चियाको पर्व सकियो । जीतेन्द्रले भने – माल्दाइकी छोरी उच्च शिक्षित चेली हुन उनले तपाईँहरूको प्रस्ताव स्वीकार गर्छिन् होला?
  • त्यो आ आफ्नो विचार हो – केटाका बावुले भने ।
    सच्चा आदर्शवादी नारीको पहिरनमा आएकी चेलीलाई देखेर सबै एकमुख भए । माल्दाइ ले छोरीलाई छेवैमा बस्न भने । उनी बसिन् र केटाका बावुलाई सोधिन् – म कति नम्बरमा हुँ?
  • त्यो भनेको?
    -आजसम्म हजुरका छोरालाई कतिवटी केटी हेर्नुभयो ?
  • हेरियो नि त्यसो त तर भएको छैन ।
    -कसरी होस् ? एक केजी अँटाउने भाँडो लिएर पाँच केजी लान खोज्दा मिल्छ र ?
    ती चारजनामध्येका एकजनाले भने नानी तपाईं किन यसरी भन्नु हुन्छ ?
    हेर्नुहोस् बा यो समाज व्यवस्था पुरुषले बनाएको हो । यहाँ नारीलाई सधैँ पछि राख्ने चलन छ तर नारी नभएको समाज तपाईँ कल्पना गर्नसक्नुहुन्छ?
    तपाईँकी आमा नारी , श्रीमती नारी,छोरी नारी । नारी बिनाको संसार सोच्नुहोस् त ! आजका नारी गृहिणी मात्र हैनन् ,देशका प्रत्येक ठाउँमा उनीहरूको योगदान पुरुषभन्दा कम छैन । सम्पत्ति हुँदा मात्र मान्छेलाई सुःख हुँदैन ,बिहे भनेको जीवनको एउटा खुट्किलो हो । बिहेपछि प्रत्येक मान्छेले जीवनमा गर्नुपर्ने कुरालाई समेटेर अघि बढ्छन्। त्यसका लागि दुबै स्त्री पुरुषको सहमति हुनु आवश्यक हुन्छ। दुबैमा मत नमिले जीवन अधोगतिमा पुग्ने हुन्छ। तपाईँहरू आउनुभयो सबैलाई धन्यवाद तर बिहेको कुरामा म सहमत नभएको पक्का हो भनेर ऊ जान्छिन्। हामी पनि गुरुका घर तिर लाग्छौँ।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *