अवचेतन मस्तिष्क 22.

Debicharan.sedai@gmail.com/ January 19, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -22.
लघुकथा (धारावाहिक) आज सातौँ दिन बल्लतल्ल उठेर बस्ने लागेको छु । कसैले बोलाए पनि जानसक्ने

ताकत शरीरमा आइसकेको छैन । यत्रो हप्तादिन ओछ्यानमा लडिराख्दा पनि न भुर्तेल कृष्ण आए न चन्द्र। गाउँघर वरपरको केही खबर पनि थाह छैन । गुरु पनि आइपुग्नु भयो होला तर पनि कसैले केही खबर ल्याएनन्।

  • आज चाहिँ सबैलाई एकै किसिमको खाना बनाएँ ,खान सक्नुहुन्छ नि भनेर हीराले भन्दा आफैलाई अब चाहिँ अलिकति ताकत आएको अनुभव भयो । मानसिक स्थिति कमजोर भएर होला राति सपना पनि हरेक किसिमका देखिने गर्छन् ।
    -” ए सुन त म किन हरेक किसिमका सपना देख्छु ? “
  • “मानिसको मन मस्तिष्कको सम्बन्ध उसका शरीरसँग हुनेगर्छ । शरीर स्वस्थ नहुँदा उसका मस्तिष्कले विभिन्न प्रकारका अवधारणा अँगाल्ने गर्छ , त्यसैले उसले देखेका सपनाहरूमा वास्तविकता भन्दा अवास्तविकता बढी भएको हुन्छ।”
  • होला पनि ।
  • हीराले भनी – ” के कस्तो सपना देख्नु भयो र ?”
  • “हामी पृथ्वीमा भएका प्राणीहरूका कुरा जान्न आएका हौँ । यहाँका मानिस र हाम्रो वीचमा के कति अन्तर छ त्यसको विषयमा खोजिगर्नुले हाम्रो अवाइको कुरालाई दर्शाउँदछ भन्दै ती आगन्तुक चारजना मध्येका एकजनाले भन्दा म एक तमासले उनीहरूलाई नै हेरिरहेको थिएँ । ती आगन्तुकले हाम्रो संस्कार देखेर होला मलाई सोधे- “यहाँ मान्छे मरेपछि दाहसंस्कार गरेर किन सेता कपडा लगाउँछन् ?
  • मैले भने सेतो लाई हामी पवित्रताको प्रतीक मान्छौँ । त्यसैले पवित्र भएर उनीहरूको मृत आत्माको शान्ति कामना गर्दै तेह्र दिनसम्म व्रत पालन गर्ने हाम्रो विधानलाई अपनाएका हौँ ।
  • ती आगन्तुक मध्ये अर्काजनाले भने – “पृथिवीका मानिस अझै अन्धविश्वास र डरलाई पालेर बसेका रहेछन् । हाम्रो त्यहाँ कोही स्त्री सन्तान सम्भवा हुँदैनन् । हामी सन्तान जन्माउँदैनौँ , सृष्टि गर्छौँ तर पृथिवीमा त्यस्तो हुन अझै हजार वर्ष लाग्ला । मन मस्तिष्क एक गराउन सक्ने क्षमता अझै आउन बाँकी नै रहेछ यहाँका मानिसमा । यहाँ विवेकशील प्राणी भनेर मानिस भनिँदो रहेछ तर हामी त्यसो भन्दैनौँ । हाम्रोमा ईश्वर भन्ने चलन छैन । स्रष्टा र सृष्टि हुन्छ ।”
  • मैले सोधेँको थिएँ – “तपाईंहरूको आहार के हुन्छ?”
  • उनले भने “यहाँ हामी केही खाँदैनौँ ,हाम्रो ठाउँमा आफ्नै किसिमको आहार छ ।”
    यति भनेका मात्र थिए एकपटक विजुली चम्किनासाथ त्यहाँबाट सबै अन्तर्ध्यान भए ।
    के यस्ता सपनालाई वास्तविक भनेर मान्न सकिएला ?
    भो हौ के के देखेको होला सपना पनि ? मानसिक स्थिति दर्बिलो नहुँदाको अवस्थालाई दर्शाउने कुरा हुन् यी । आफू दह्रिलो हुने प्रयत्न गरे सबै ठिक हुन्छ। जाऊँ खाना खान भनेपछि सबै उठ्छन्।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *