युद्धवीर राणा : परिचय

Debicharan.sedai@gmail.com/ January 23, 2023/ Uncategorized/ 0 comments

एक अनन्य प्रतिभा : युद्धवीर राणा

नाम : युद्धवीर राणा
बावु : स्वर्गीय लालसिंह राणा
आमा : स्वर्गीया वाणीराणा जन्म : सन 1939 को एघार
डिसेम्बर( प्रमाण पत्र
अनुसार सन 1941
को सत्र नवेम्बर) ।
जन्मस्थान:डिगबोइ(असम)।
शिक्षा: बी.ए.सम्म ।
(हिन्दीमा विशारद )
पेशा: शिक्षकता ।(सन1963
देखि सन 1999सम्म)
रुचि : काष्ठकला ।
प्रकाशित कृतिहरु:.
1.चिहान नपाएका तक्माहरू (लामो कविता,सन 1982)

  1. मानव यात्रा (जाति,धर्म र परम्परा:एक पर्यवेक्षण,सन 2003)
    3.नेपाली संस्कृति:हाम्रो अस्तित्व(नेपाली सांस्कृतिक परिचय , सन 2006)
  2. नयाँ पिँढीलाई ( असमिया भाषाबाट नेपाली भाषामा अनुवाद,सन 2007)
    (मूल लेखक- कनक सेन डेका ,कृति- नतुन पुरुखे युक्तिर आधारत नतुन समाज गढक) ।
  3. सृष्टि र प्रव्रजन (ऐतिहासिक तथ्यहरूको सङ्ग्रह,सन 2017)
  4. नेपाली लोक साहित्य र लोकसंस्कृतिको परिचय (सन 2020)
    अप्रकाशित :
    1.नेपाली माध्यमिक शब्दकोश 2.डिगबोइको जन्म र यहाको नेपाली समाज (इतिहास) र 3 . कविताको पाण्डुलिपि ।
    तेल कम्पनीले 1947 देखि मातृभाषामा पढाउने व्यवस्था गरेको थियो । त्यही आधारमा सन 1950 मा असम तेल कम्पनीको नेपाली एम.ई.स्कूलबाट युद्धवीर राणाको शिक्षा आरम्भ भएको थियो । सन 1956 मा नेपाली एम.ई.स्कूलबाट कक्षा छ उत्तीर्ण भएपछि कक्षा सातकालागि तेल कम्पनीकै हिन्दी हाईस्कूलमा अध्ययन गरी सन 1961 मा एइच.एल.सी. उत्तीर्ण भएका हुन , त्यस समयमा उच्चशिक्षाको कुनै व्यवस्था हुन नसकेकाले उनको पढाइ रोकिन पुग्यो । अर्को वर्ष सन 1962 मा डिगबोइमा स्थापना भएको D.D.C.C.W.अर्थात Digboi District Council for Child Welfare मा वैतनिक खेल प्रशिक्षक (Game Teacher)रहेर 5/6 वर्ष कटाउँछन । यसैबीच सन 1962 मा डिगबोइमा पूर्वाञ्चल विद्यालयको स्थापना भएको थियो । त्यो स्कूल स्थापनामा उनको पनि विशेष सहभागिता रहेको हुनाले माषिक 40/=रू.तलवको दरले सन 1963 देखि शिक्षकता आरम्भ गरेका हुन । पछि सन 1978 मा उनले हिन्दीमा विशारद गरेर आफ्नो चित्त बुझाउनु पर्यो ।
    उनको जागीरे जीवनको आरम्भ सन 1963 देखि भएको हो र यो सन 1999 मा सकिन्छ । यस अवधि भित्र उनलाई अन्यत्र धेरै ठाउँबाट जागीरको लागि बोलाइएको भए पनि कतै गएनन् ।आफ्नै प्रयासमा बनाइएको स्कूललाई दह्रिलो बनाउने तर्फ लागेरनै 37वर्ष जागीर गरि अवकाश हुन्छन् । त्यहाँका विद्यार्थीहरूलाई गीत रच्न,गाउन लगाउनु, नृत्य सिकाउनु,नाटक लेख्न सिकाउनु, अभिनय गर्न सिकाउनु, आदि काममा संलग्न रहेर स साना बालक बालिकालाई सांस्कृतिक दिशातिर उन्मुख गराउनु उनको लक्ष्य रहेको कुराले उनलाई नेपाली जाति, भाषा र संस्कृतिका साधकका रूपमा चिनिन्छ ।उनी एकजना राम्रा खेलाडी पनि हुन् । त्यसको उदाहरणलाई (Gorkha Rising Football Team) जुनियर फुट्बल टिम तयार गरेको कुराले पुष्टि गर्दछ ।1980 को दशकमा त्यही टिमका सातजना खेलाडी असम राइफल्स र गोर्खा राइफल्समा भर्ना भएपछि त्यो फुटबल टिमको अन्त्य हुन्छ । उनी एकजना निष्ठावान र कर्तव्य परायण व्यक्ति रूपमा चिनिने व्यक्तित्व पनि हुन् । डिगबोइबाट 15 कि.मि. टाडाबाट (जहाँ उनको घर हो) दैनिक सही समयमा स्कूल आउनुले स्पष्ट गराउँछ । उनी स्काउटका प्रशिक्षक भएको कुरा स्काउटमा प्रथम दर्जा पाएको प्रमाण पत्रले दिन्छ । उनको हिसावमा शिक्षक हुनु भनेको जागीर नभएर एउटा सेवा हो भन्ने बुझिन्छ । त्यसैले उनी हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्न पाएकोमा अति गर्व गर्दछन् ।

सङ्घ संस्थाहरूमा रहेको उनको संलग्नता : 1952 सनदेखि हालसम्म पनि डिगबोइको श्री श्री नेपाली विष्णु मन्दिरसँग संलग्न रहेको कुराले उनलाई एक निष्ठावान समाज सेवकको रूपमा लिनुपर्ने हुन्छ । 1980 को दशकमा डिगबोइमा भएको ‘जागृति कला परिषद’मा उनको सक्रीय सहभागिताले उनलाई एक कलाका साधक हुन् भन्ने कुराको उदाहरण दिन्छ । 1979-80 मा डिगबोइको असम गोर्खा सम्मेलनको शाखाको सभापति रहेर कार्य गरेकाले उनी एकजना सचेतक समाज कर्मी भएको उदाहरण प्रस्तुत गर्दछ । त्यसै गरि सन 1975 मा डिगबोइको श्री श्री नेपाली विष्णु मन्दिरको सभापतिको आसनमा आसित भएको कुराले डिगबोइको उन्नतिम उनी संलग्न रहेको कुरालाइ दर्शाउँछ ।सन 1974 देखि डिगबोइमा भएको अखिल भारतीय भाषा समितिको सक्रीय सदस्य रहेर गरेका कार्यले भाषा प्रति रहेको उनको अगाध प्रेमलाई छर्लङ्ग पार्दछ । डिगबोइ शाखामा रहेकै बेला उनी डिब्रुगढ,गुवाहाटी, जयगाउँ,दार्जीलिङ्ग,सिक्किम आदि ठाउँमा प्रतिनिधि भएर गएको कुराले सामाजिक संलग्नतालाई उजागर गराउँछ ।

उनले सांस्कृतिक पक्षबाट पाएको अवदान
उनको मुख्य विधा कला भएको हुँदा कलाकारितामा नै रमाउने उनको मानसिकता रहेको देखिन्छ ।आफ्नो उमेर 5/6 वर्ष्को भएदेखि नैहातमा दाउ,कटारी लिएर हिँडने र काठका टुकुराहरू काटेर विभिन्न किसिमका अर्थपूर्ण सिर्जना गर्ने भावना जन्मेको कुरा उनैबाट थाह लाग्छ । माटाको मुर्ति बनाउनु,चित्रकारितामा तैल चित्र, अयल पेष्टल, पानी रङ्ग, आदिद्वारा चित्र बनाउनुमा उनी खप्पीस हुन भन्नुपर्छ । उनी एकजना सफल मुर्तिकार भएको प्रमाण डिगबोइमा भएका आदिकवि भानुभक्तको र जनकवि हरिभक्त कटुवालको शालिक,गुवाहाटी मालिगाउँको देवकोटा नगरको महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्ध शालिक, डिगबोइ महिला समितिको कार्यालय अघिल्तिरको कलागुरु विष्णु राभाको प्रतिमुर्ति, तिनसुकिअ जिल्लाको बर्दुम्सामा रहेका भक्त बहादुर प्रधान,दलवीरर्सिंह लोहार र विष्णुलाल उपाध्यायको शालिक,मेघालयको गोर्खास्कूल निर्माता स्व.कप्तान भुवनसिंह राईको प्रतिमुर्ति त्यही विद्यालय परिसरमा बनाइएको र उनकै गाउँ टिंगराई 2नं असमिया गाउँमा नेपाली भाषाका आदिकविभानुभक्त आचार्य र संगीत सम्राट भुपेन हाजरिकाको मुर्तिले दर्शाउँछ । डिग्बोइको श्री श्री नेपाली विष्णु मन्दिरको प्रेक्षागृहमा हुने गरेका कार्यक्रममा स्व.गुरुभक्त धिताल र युद्धवीर राणालाई स्व. लीलाराम राणाले बाल कलाकारका रूपमा अघि सारेर ल्याएको कार्यले उनलाई सांस्कृतिक जगतको रमाइलो पक्षको ज्ञान दिएको कुरा उनी स्वीकार गर्छन् । नेपालबाट डिगबोइमा आएका विभिन्न साहित्यिक र सांस्कृतिक टोलिहरूबाट उनले जुन शिक्षा र ज्ञान पाए त्यसले उनको जीवन्मा धेरै असर पारेको कुरा स्वीकार गर्दछन् ।
सन 2018 मा उनले हरिभक्त कटुवालका 5 वटा ,भविलाल लामिछानेका 4 वटा र उनका आफ्ना 4 वटा गरी जम्मा 13 वटा गीत गाएर एउटा क्यासेट तयार गरेका छन्। 78 वर्ष पुगेको मान्छेले त्यति गर्नु सानो कुरो हैन । नेपाली लोक गीत सङ्गीतको संरक्षण र सम्बर्धनका उनले जुन कार्य गरेका छन ती सबी एक एक दृष्टान्त हुन भन्नुपर्छ ।
उनले पाएका सम्मन , पुरस्कार र स्वीकृतिको विवरण तल प्रस्तुत गरिन्छ :

  1. असम भरिमा काष्ठकलामा श्रेष्ठ पुरस्कार (1966) ।
  2. ललित कलामा अवदान रहे बापत पुरस्कार र सम्मान(1994)।
  3. कृष्ण स्मृति पुरस्कार (राष्ट्रिय स्तर) पुरस्कार राशि 50001/
    नेपली साहित्य परिषद,सिक्किम (2004) ।
  4. अभि जमान स्मृति पुरस्कार (साहित्य , सर्वश्रेष्ठ निबन्ध विधामा)
    अभि जमान ट्रस्ट,कुवेत,देहरादुन,दुलिअजान(2012) ।
  5. साहित्य र शिल्प कलामा अवदान रहे बापत ।पुरस्कार राशि रु.10000/-
    गोर्खा उन्नयन परिषद,असम (2013)।
  6. भयवाद अध्ययन केन्द्र,धरान,सुनसरी नेपालद्वारा सम्मानित्। (2013) ।
  7. बुट्वल साहित्य परिषद,रुपन्देही,नेपालद्वारा सम्मान र अभिनन्दन । (2013) ।
  8. बानेश्वर सर्जक समाज,बानेश्वर क्याम्पस, काठमाडौं,नेपालद्वारा सम्मान l (2014) ।
  9. द्विशतवार्षिक सम्मान ।
    नेपालका प्रथम राष्ट्रपति सम्माननीय श्री रामवरण यादवका
    बाहुलीबाट प्रसस्ती पत्र प्रदान (2014) ।
  10. भानु प्रतिष्ठान,काठमाडौं नेपाल,भानु द्विशतवार्षिक सम्मान ।
    कार्यवाहक प्रधानमन्त्री माननीय श्री वामदेव गौतमका बाहुलीबाट मानपत्र प्रदान साथै रथारोहण र नगर परिक्रमासहित सम्मान । (2014) ।
  11. “पारिजात स्मृति मितेरी साहित्य सम्मान वि.स.(2073)”लेसम्मानित ।
    यी बाहेक पनि साना तिना संघ – संस्थाहरूले दिएका सम्मानको यहाँ उल्लेख गरिएन ।

उनका प्रकाशित कृति/स्मारक/स्वीकृति
आफूलाई एक कलाप्रेमी र कलाका साधक सम्झिने युद्धवीर राणा आफूलाई साहिर्यकार भन्न नरूचाउने किसिमका व्यक्ति मानिन्छन् । उनले आफ्ना कलाहरूबाट जे उपलब्धि गरे वा जे पाए त्यसैमा सन्तुष्टी लाभ गरेको कुरा स्वीकार गर्छन् । उनले समाजलाई जे दिन खोजे वा जे दिएका छन असमका अरू लेखक वा साहित्यकारले दिन सकेका छैनन् । असममा लेखक,कवि, साहित्यकारको सङ्ख्या थोरै छैन तर पनि जाति र जातीयता प्रति आफूलाई समर्पित गरेर लेख्नेको सङ्ख्या छैन नै भन्न सकिन्छ । वर्षेनी अनेकौँ पुस्तक प्रकाशित हुन्छन तर जातिको चाहना र समाजले चाहे अनुरूपका पुस्तक प्रकाशान भएर अएको देखिँदैन । हाम्रो इतिहासलाई देखाउने कुनै पुस्तक आजसम्म कसैले उपलब्ध गराउन सकेका छैनन् ।
जातीय ऐक्य र संहतिलाई देखाउने उद्देश्यले उनी केही पुस्तक नेपाली साहित्यमा थप्न सक्षम भएको देखिन्छ ।
यसरी जाति भाषा भनेर मरिमेट्ने युद्धवीर राणा नेपाली भाषा साहित्यका एक अग्रणी सेवक हुनुका साथै एक प्रसिद्ध मूर्तिकार, काष्ठकलाका मूर्धन्य कलाकार , सिद्धहस्त चित्रकार, गीतकार, जातीय चेतनामा भिजेका र देशभक्त कवि, एकजना सुगायक, नेपाली संस्कृतिका पथ प्रदर्शक , नाट्यकार,अभिनेता आदि विभिन्न विशेषणले युक्त युद्धवीर राणा साच्चै नै एक अनन्य प्रतिभा हुन जसको बखान जति नै गरे पनि थोरै हुन्छ भन्नुपर्छ । उनका प्रत्येक पुस्तक नै जातीय चेतनामा भिजेका छन । जात पात भन्दा धेरै माथि उक्लिएर लेखेको उनको मानव यात्राले मानव मात्रको पहिचान बोकेको अनुभव हुन्छ । वास्तव धर्मिता र समय सापेक्ष लेखाइले उनलाई समाजले एक आदर्शवान व्यक्तिका रूपमा पाएको अनुभव हुन्छ । उनका प्रत्येक रचनाले नै जातीय चेतनालाई उजागर गर्न खोजेको स्पष्ट हुन्छ ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *