अवचेतन मस्तिष्क -20.

Debicharan.sedai@gmail.com/ January 9, 2023/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो भतिजो चन्द्र र भुर्तेल कृष्ण भए भैहाल्यो,घर जे सुकै होस्।त्यो भुर्तेल कृष्णलाई किन भुजेल कृष्ण भन्नुपरेको? विचरा मलाई भन्दैथे काका मलाई भुजेल कृष्ण भुजेल कृष्ण भन्नुहुन्छ किन होला भनेर । बाहुनको छोरो भुजेल कसरी हुन्थ्यो? खै के भएको छ कोनि ! खालि समाज , राजनीति आदिलाई लिएर नै सकिने रैछ जीवन ! आफ्नो सबैथोक बिर्सिएर यसरी एकोहोरो लागेपछि घर घर भएर रहन्छ र सुन्नु भो ?
– हे भगवान, कति बोल्न सकेकी तिमी ? के गर्नु पर्ने के नगर्नु पर्ने मलाई पनि त थाह होला! कृष्णलाई मैले भुजेल भने रे ,भनेछु नै,के भयो त ? मैले भन्दा उनी भुजेल नै भए त ? सधैँ सधैँ एउटै कुरो लिएर टोकसी रहने के बानि रछ यिनको?
– मैले भनेका कुरा सुन्नु भयो भने ढुक्क हुन्छ भनेकी मात्र हो भनेर हीराले भनेपछि जीतेन्द्र बसेका ठाउँबाट उठेर जान्छ तर हीराले उसलाई पछ्याउन छाड्दिन। ऊ भन्छे – एकपटक गुरुकहाँ गएर दिनबार हेराएर आउनु । घर बनाउने भनेर दुनियाँलाई सुनाउनु भयो अहिले किन चुप्प लागेर बस्नु हुन्छ ? मान्छेले के भन्छन्?
– मान्छेको मुख कसले थुन्न सक्छ? यो संसारमा राम्रो काम गरेपनि जस हुँदैन नराम्रो गरे त भन्नै परेन । यो संसार यस्तो ठाउँ हो जहाँ आफूमात्र राम्रो गतिलो भन्ने धारणामा हिँडेको हुन्छ मान्छे, त्यसैले कसले के भन्छ भन्ने सोचेर कसैले आफ्नो काम गर्न छोड्ने हैन । म भरे आउँछु भनेर गुरुलाई खबर पठाएको छु ।
– घर बनाउने भनेर सामान ल्याएर राखेको पनि वर्षदिन हुन लागिसक्यो, कहिले थाल्नु यो घर ? कसैलाई नसुनाएकै भए हुन्थ्यो – भनेर हीराले भनेपछि जीतेन्द्रलाई तातो लाग्छ । उसले गुरुकहाँ जाने निश्चित गरेर हीरालाई भन्छ -आज गुरुकहाँ गएर दिनबार हेराएपछि खाका बनाउन लगाउनु पर्‍यो त्यसका लागि पनि चन्द्रको सहायता त लिनैपर्‍यो । अनि चन्द्र, कृष्णहरूलाई छोडेर भयो त ? तिमी आफै विचार गर !
– मैले उनीहरूको साथ लिँदै नलिनु भनेको त हैन नि ! आफ्नो काम छोडेर चाहिँ त्यतै पट्टि एकोहोरो नहुनु भनेको मात्र हो भनेर हीराले भन्छे।
दुबैले आ-आफ्नो कुरो सकेपछि गुरुलाई भेट्न जीतेन्द्र बाटो लाग्छ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *