गजल – चल्छहावा

Debicharan.sedai@gmail.com/ January 11, 2023/ गजल/ 0 comments

-देवीचरण सेडाईँ


चल्छहावा चिसो मुटु छेडिदिने हो कि
जीवन चल्ने मुटु मेरो रोकिदिने हो कि!

मनमुटु दह्रो हुन्छ बैँश छँदा खेरी
उमेर ढल्दा बाँच्ने आशा मेटिदिने हो कि!

मानिसका आशा धेरै बाँच्ने दिन थोरै
अलपत्र पार्दै आशा मासिदिने हो कि!

सुखसँग काट्ने जीवन आशा बोकी हिँड्छ
मनको इच्छा भित्रै कतै राखिदिने हो कि!

भावनामा बाँच्नुपर्छ इच्छा भित्रै मर्छ
इच्छा पूरा नभै मुटु बाँधिदिने हो कि !

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *