अवचेतन मस्तिष्क -18.

Debicharan.sedai@gmail.com/ December 28, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ


समाज,समाज भन्दाभन्दै समयले डाँडो काटिसक्यो । कहिले के कहिले के ? अब त आफ्नो पनि सोच्नु नि भनेर हीराले भनेका कुराले जितेन्द्र झस्किएर बोल्छ – हैन हौँ के भएको छ तिमीलाई? मेरो कामको मेसो मलाई थाह छ नि ! बल्ल त आमैको काम सिद्धियो। अब आफ्नो गर्नुपर्छ। गुरुले के भन्नु हुन्छ? घर बनाउने कुराले तिमीलाई भन्दा मलाई नै बढी पिरोलेको छ । आउँदो चुनावमा जिल्ला पञ्चायतको पार्षदमा चुनाव खेल्न उधुम गर्दैछन् ।खेल्ने भैयो भने त मन्त्री विधायक आउँछन् घर नबनाई कहाहुन्छ ? उसले त्यति भन्नासाथ हीरा भन्छे – भो भयो चुनाव सुनावमा लाग्नुपरेको छैन । झुठो बोल्न नसक्नेले यो चुनाव सुनावमा लागेर केही उन्नति हुँदैन। बोरु चन्द्रलाई चुनाव खेल्न लगाउनु नि ! उसको सामाजिक मर्यादा तपाईंको भन्दा धेरै छ । उसले जितेछ भने तपाईँलाई पनि सघाउँछ। गाउँमा सर सल्लाह गरेर चन्द्रलाई उठाउनु चुनावमा। आफ्नै गाउँको विकास गर्ने कुरा गरेपछि सबैले आर्थिक अनुदान पनि दिन्छन् । उसलाई आर्थिक सङ्कट पनि पर्दैन । गाउँका सबैले बनाउन खोजे भने उसले जित्छ नै । जब सबैले मिलेर जिताउँछन त्यतिखेर सरकारले दिएको रकम उसले आफूखुसी खर्च नगरेर सबैको सल्लाह अनुसार काम हुन्छ। कुन राम्रो कुन नराम्रो भन्ने कुरामा सबैले परामर्श पनि दिन्छन्। त्यसो गर्दा सरकार पनि खुस जनताको पनि काम हुने ।
त्यसो भए तिमी पनि खेलन त चुनाव । हाम्रो गाउँको सदस्यको पद महिलालाई दिने भएको छ अरे । तिमीले जित्यौ भने महिलाको नाम पनि हुने गाउँको साथै घरको पनि विकास हुने । कि के भन्छ्यौ ? जितेन्द्र ले राखेको प्रस्ताव सुनेपछि उसले भन्छे – हेर्नुहोस् चुनाव खेल्दा पर्ने अप्ठ्याराको विषयमा केही सोच्नुभएको छ ? केही कथम चुनाव जितियो भने घर अलपत्र हुन्छ। अविनाशले जागिर पाएछ भने विचार गर्नुपर्ला । नत्र म चाहिँ चुनाव सुनावमा जान्न । उनीहरूले कुरा गर्दै गर्दा चन्द्र आइपुग्छ। के कुरामा चर्चा गर्दै हुनुहुन्छ काका काकी ? ए चन्द्र पनि आइपुग्यो राम्रो भयो । चन्द्र हौँ हामी त आउँदो चुनावमा जिल्ला पञ्चायतको पार्षदमा तँलाई उम्मिद्वार बनाउने कुरा गरिरहेका छौँ ,तँ के भन्छस् ?
चन्द्रले भन्छ – गाउँमा त काकाको पो चर्चा हुँदैछ त ,म कसरी उठ्ने? त्यही त भनेको त काकाका ठाउँमा त उठ्दा के हुन्छ – भनेर हीराले भनेपछि गाउँमा सल्लाह गरेर मात्र भन्न सकिने हुन्छ भनेर चन्द्रले भनेपछि गाउँमा कुराको चर्चा होस् अनि हामी सल्लाह गरौँला भनेपछि हीरा चिया बनाउन लाग्छिन् ।
हीराले चिया ल्याएपछि चन्द्रले भन्छ – म जिल्ला पञ्चायतको चुनावमा लडेँ भने काकीलाई पञ्चायत सदस्यमा राख्नु पर्छ । त्यसपछि जितेन्द्र र चन्द्रले यही कुरा गाउँमा सल्लाह गर्ने निधो गरेपछि चन्द्र आफ्नो बाटो लाग्छ ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *