अवचेतन मस्तिष्क -38

Debicharan.sedai@gmail.com/ July 25, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -38.
लघुकथा (धारावाहिक)

   समय सँगसँगै परिवर्तन हुने कुरा नै हो प्रकृति । मानिस पनि परिवर्तन हुन्छन् प्रकृति सँगसँगै । त्यही परिवर्तनलाई मानिसले समयको परिवर्तन भन्ने गर्छन । अहिले हाम्रो गाउँ परिवर्तन भयो । शिक्षामा विश्वास भयो मानिसको , देशको विकासमा उद्योग हुनु अनिवार्य रहेछ भन्नेमा विश्वास भयो । मानिस कर्म परायण हुनुपर्ने रहेछ भन्नेमा विश्वास बढ्यो । सत र असतको धारणाले छुन सक्षम भयो । असत धारणाले मानिसलाई अधपतन गराउँदो  रहेछ भन्नेमा विश्वास भयो । त्यसैले असल मानिस हुने चेतना जागृत भयो सबैमा । मानिस तनावग्रस्त भएर बाँच्न नसक्ने रहेछ भन्ने जान्दाजान्दै पनि विभिन्न पक्षका कुरा खेलाएर बस्ने बानी बसिसकेको छ जीतेन्द्रको । मनमा विभिन्न कुरा खेलाएर बसेकै बेला काका के गर्दै हुनुहुन्छ भन्दै आउँछन चन्द्र भित्र।

  • अनि चन्द्र आज यति बिहानै कता लागेका?
  • काका आज तपाईँसँग केही कुरा गरौँ भनेर आएको।
  • के, कस्ता कुरा हौ ?
  • हामीले सरकारलाई उद्योग बनाउनका लागि जुन आवेदन गरेका थियौँ त्यो स्वीकृत भएर आएछ । अब हामीले त्यो उद्योगलाई चलाउने व्यवस्था गर्नुपर्ने अवस्था आएको छ । हाम्रा वरिपरिका सबै गाउँमा कपासको खेति गर्न सबैलाई उत्साहित गराउने र उद्योगलाई चलाउने मानव संसाधन तयार पार्नुपर्ने अवस्था आइसकेको छ। त्यसैले हाम्रा वरपर भएका सबै गाउँका मानिस बोलाएर एउटा सभा गर्नु जरुरी भएको हुनाले आएको काका भन्छन चन्द्र।
  • चन्द्र हाम्रो देशमा बाउन्न प्रतिशत भन्दा बढी मानिस कृषिमा निर्भर छन्।यदि त्यसलाई बाह्र -पन्ध्र प्रतिशतमा ल्याएर अरूलाई उद्योगमा लगाउन सके विश्वमा अघिल्लो पङ्क्तिमा उभ्याउन सकिने थियो।
    -त्यो कसरी काका?
  • देशमा बढीभन्दा बढी उद्योग स्थापना गर्नु अनि कृषिमा पनि नयाँ नयाँ पद्धतिको व्यवस्था गरेर वैज्ञानिक तवरले कृषि कार्य गर्नु हो भने मानिस थोरै लाग्ने थिए र ती रहल मानिसहरूलाई उद्योग मुखी बनाएर देशमै सबैकुरा बनाउन सके अर्काको भरोसामा रहनुपर्ने थिएन , देशमै नयाँ तकनीकी व्यवस्था द्वारा निर्मित सर सामान र कारिगरी विकासले देशलाई अघि बढाउन सकिने थियो। देशका नेता मन्त्रीहरूले यी कुरालाई मनन गर्न सके र नयाँ विधान द्वारा देशलाई चलाउन खोजे हाम्रो देशलाई विश्वको अघिल्लो पङ्क्तिमा उभ्याउन सकिने थियो ।
    जे होस सरकारले कहिले कसरी के गर्छ गरोस हामी सबैले उद्योगलाई चलाउने व्यवस्था गर्न एउटा समिति गठन गरौँ र आउँदो छ महिना भित्रमा उद्योग चलाउन सकिनेगरी कपासको खेति लगाउने कामगर्न भोलिनै सभा गर्नु जरुरी हुन्छ।
  • काका त्यसोभए म जान्छु, कृष्णलाई लिएर भोलि नै सभा बस्नसक्ने गरी चारैवटा गाउँमा खबर पुर्‍याउने व्यवस्था गर्नुपर्‍यो भनेर चन्द्र जान्छन ।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *