अवचेतन मस्तिष्क -37

Debicharan.sedai@gmail.com/ July 24, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -37.
लघुकथा (धारावाहिक) देशको विकासमा मुख्य रूपमा आउने कुरा शिक्षा र उद्योग हो भन्ने कुराले जीतेन्द्रलाई बार बार घोचिरहेकाले चन्द्र र कृष्णसँग कुरा गर्नुपर्ने रहेछ भन्ने सोचेर बसेका बेला कतिखेर हीरा आएर छेउमा बसिन थाहै हुँदैन।

  • सुन्नु भो भनेर हीरा बोल्नलाग्दा ऊ आफ्नो सोचबाट फर्किन्छ र भन्छ – के भन्न खोजेकी तिमीले?
  • चन्द्रलाई तपाईँले के भन्नु भएको थियो अरे ?
  • किन ? के भन्थे र ?
  • चन्द्र र कृष्ण दुबै आउने कुरा गर्दैथिए।
  • के भन्यौ त ?
  • के भन्नु ! दिउँसो आउनु नि त भनेकी छु । त्यसैले उनीहरू आउने भएका छन्।
  • भैगो नि, उनीहरूलाई थाह होला मेरा कुरा।
  • कुरा चाहिँ के हो ? मलाई पनि सुनाउनु नि त भनेर हीराले सुन्ने आग्रह गरेपछि जीतेन्द्रले भन्छ – हेर हीरा सरकारले हामीलाई त्यस ठाउँबाट यहाँ ल्याएर राखिदियो, हामीले जिन्दगीभरमा कमाउन नसकिने हाम्रो जेथो भयो, त्यसैले मैले अघि जुवामा जितेका रुपियाँको एउटा अंंश स्कूलको उन्नतिमा दिनु उचित होला भन्ने सम्झेको छु । त्यही कुरा गरेका होलान्! मैले उनीहरूलाई ती रुपियाँको विषयमा केही भनेको छैन, सिर्फ स्कूलको उन्नतिका लागि हामीले पनि केही सहयोग गर्नु उचित होला मात्र भनेको छु । यो कुरा तिम्रो र मेरो मात्र हो । यसको रहस्य कसैलाई नखोल्ने बुझ्यौ नि भनेको मात्र थियो बाहिरबाट काका भनेर बोलाएको आवाज आउँछ। ऊ उठेर बाहिर जाँदा देख्छ चन्द्र, कृष्णसँग अर्को एकजना मानिस पनि रहेछन । सबैले नमस्कारको आदान प्रदान गरेपछि भित्र पस्छन सबै । त्यत्तिकैमा चन्द्रले आगन्तुकको परिचय नयाँ शिक्षा अधिकारी भनेर गराउँछन्। चन्द्रले भन्छन् काका यहाँलाई मैले तपाईँसँग परिचय गराउन र अस्ति तपाईंले भनेको कुराले गर्दा लिएर आएको भन्ने सुनाउँछन्। शिक्षा अधिकारी जगमोहन बस्नेत रहेछन । सबै बसेका ठाउँमा जीतेन्द्रले भन्छ – शिक्षाको उन्नतिले मात्र देशको उन्नति हुने भएको हुँदा मैले स्कूलको उन्नतिका लागि पाँच लाख रुपियाँको अनुदान दिने सोचेको छु र त्यसलाई स्कूलको सभामा प्रदान गर्नुपर्ला भनेर तिमीहरूसँग सल्लाह गर्न खोजेको थिएँ। अहिले शिक्षा अधिकारी स्वयम आउनु भएको हुँदा म अझै खुसी भएँ ।
  • काका त्यसोभए आउँदो बिहीबार सर पनि स्कूलमा आउने हुनुभएको छ त्यसैमा यो कुरा निर्क्यौल गर्दा कसो पर्ला भनेर कृष्णले भनेपछि त्यसलाई शुद्ध मान्दै स्कूल अधिकारीले सही मान्दै कार्यान्वयन गर्ने भएकाले सबै चिया पानीमा लाग्छन ।
    चियापान गरिसकेपछि चन्द्रले कुरा थप्दै भन्छन् – बस्नेत सर , काकाले शिक्षाको उन्नतिका लागि जब यति सहयोग गर्ने निर्णय लिनु भो जब विभागबाट काकालाई पनि सम्बर्धना गर्ने कुरा पनि सोच्नुपर्ने हैन र ? ठिकै छ म यसलाई पहल गर्नेछु भनेर शिक्षा अधिकारीले भनेपछि उनीहरू उठ्छन्। आउँदो बिहीबार हामी फेरि भेटौँला भनेर हिँड्छन्।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *