अवचेतन मस्तिष्क – 50.

Debicharan.sedai@gmail.com/ April 9, 2024/ avachetan mastiska, लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

           आज बिहानैदेखि नै जितेन्द्र व्यस्त छ । आजको सभाले लिएको निर्णयमाथि निर्भरगर्छ गाउँको विकासको पक्ष । हुन त गाउँ सभामा भएका सबै मानिस नै असल छन । कतिपय हो हो मा हिँड्ने मात्र पनि छन । गाई किनेर त्यसको सह्यार चाकर गर्नुपर्छ भो नगर्ने भन्ने पनि होलान ।छ सय माउ गाई किन्न पनि महिनौँ लाग्ला । कसै कसैले पहिला म ल्याउने भन्लान्। त्यसको पनि सूची बनाउनुपर्ला । हुनत अहिले दुई माउ गाई किनेर पाल्न नसक्ने कोही छैनन्। तर पनि  निहु खोजौँ न भन्ने सानो चित्त भएका मानिसको पनि कमी छैन । जे होस सबैकुराको समाधान सभाले गर्ला हो भन्ने सोचेर ऊ जान निस्केको मात्र थियो विजय पनि त्यही आइपुगे। दुबै गफ गर्दै बाटो लागे ।
– विजय ,अब हामीले पहिले धागा गठरी पारेर पठाउनका लागि चाहिने आवश्यक कागजका बाकस बनाउने प्रक्रिया आरम्भ गर्नुपर्छ। त्यसपछि कपासबाट धागो तैयार गरेर गठरी पारेर वजन गर्दै बाकसमा भराउदै गर्नुपर्छ। यिनै कुराको छलफल हामीले सभामा राख्नुपर्छ। यी सब कामका लागि मानिसको प्रयोजन हुन्छ। गाउँका केटा जो केही काम नपाएर घुमी हिँडेका छन तिनीहरूलाई रोजगार हुन्छ। मेरो लक्ष्य हो गाउँका पत्येक मानिस कामगर हौन ,उनीहरूले रोजमर्रा भोग्नु नपरोस र सबैको सहयोगमा गाउँ तथा देशको आर्थिक, सामाजिक, शैक्षिक आदि क्षेत्रमा विकास होस ।  यसरी विजय र जितेन्द्र गफका सुरमा कतिखेर सभागृहमा पुगे पत्तै भएन ।
           उनीहरू त्यहाँ पुग्दा गाउँ सभाका साधारण सदस्यदेखि लिएर उपदेष्टा र विशेष कार्यकर्ताहरूको उपस्थिति रहेछ । सभा आरम्भ हुने साथ एकजनाले भने – सभाध्यक्ष महोदय मार्फत म भन्न चाहन्छु कि हाम्रो गाउँलाई एउटा आदर्श र उत्कृष्ट गाउँ बनाउने जुन परिकल्पना हो त्यसलाई म हृदयदेखि नै सह्राहना गर्दछु साथै यसमा लागिपर्ने हाम्रा बुद्धिजिवी वर्गलाई जति नै धन्यवाद दिए पनि थोरै हुन्छ भन्नुपर्छ। गाउँका प्रत्येक मानिसको आर्थिक, शैक्षिक, नैतिक र शारीरिक विकासका बारेमा जुन कुराको चर्चा चलिरहेको छ त्यसमा मलाई लाग्छ हाम्रो चिकित्सालयमा अझै पनि राम्रो व्यवस्था हुन सकेको छैन । चिकित्सा व्यवस्था उन्नत नभए मानिसको शारीरिक अवनति हुनसक्ने कुरा सत्य हुन जान्छ त्यसमा गाउँ सभाले कस्तो पहल गर्दैछ सभामा राखिदिए राम्रो हुन्थ्यो कि!
उपरोक्त वक्ताको उत्सुकतालाई छर्लङ्ग पार्दै कल्याणले भन्छन – अध्यक्ष महोदय र सभासदमा नमस्कार गर्दै उक्त वक्ताको उत्तर यस किसिमले दिन चाहन्छु, उन्नत चिकित्सा व्यवस्थाका लागि गाउँ सभाले सरकार समक्ष माँग राखेको छ र सरकारको दिशा निर्देश अनुसार कामगर्न योजना भएको हुँदा केहीदिन पर्खिनुपर्ने छ। अर्को कुरा आर्थिक विकासका हो जसमा गाउँमा भएका युवाहरूलाई गाउँसभाले अर्हता र सीपलाई विचार गरेर विभिन्न काममा लगाएर उनीहरूको आर्थिक उन्नति गराउने योजना गरेको छ । तसर्थ सबैको सहयोग र सहभागिताका लागि म पुनः आह्वान गर्दै सभा अघि बढाउन चाहन्छु। यसरी सभामा विभिन्न पक्षका कुरा र त्यसका लागि गर्नुपर्ने कामको रेखापात भैसकेपछि सबैजनाले दुई दुई माउ गाई पाल्ने कुरालाई स्वीकार गरेको कुरा अनुमोदन हुन्छ । सभामा धेरैले धेरै करा गरे तापनि मूलभूत रूपमा सामाजिक जागृतिको कुरा नै महत्वपुर्ण देखियो । यसरी जनचेतनाद्वारा सामाजिक विकासलाई अघि बढाउने जुन योजनाका कुरा भए ती सबैलाई कार्यान्वयन गर्न गाउँ सभाले कदम चाल्ने र भोलिदेखि नै गाई किन्ने व्यवस्था मिलाउन एउटा समिति बनाइएको घोषणापछि सभा सम्पन्न हुन्छ ।
            सभा सकिएपछि केही विशिष्ट व्यक्तिहरू बसेर सूर्यमुखी निकाल्ने र त्यसका ढोडहरू सुकाएर कार्डबोर्ड बनाउने पक्षका कुराको छलफल हुन्छ । प्लास्टिक उद्योगमा चाहिने आवश्यक सामग्रीको आपूर्ति हुन केहीदिन लाग्ने भएकाले त्यसको काम अलिक दिनपछिबाट मात्र हुने कुरामा सबैको सहमति भएपछि सबै घर घर लाग्छन ।
         

          

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *