अवचेतन मस्तिष्क – 49.

Debicharan.sedai@gmail.com/ April 7, 2024/ avachetan mastiska, लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

              खुसी हुने पनि एउटा सीमा हुन्छ। एकातिर चन्द्रको बिहेको खुसी अर्कातिर अविनाश आउने आनन्द। एकवर्ष प्रशिक्षणपछि पनि घर न आएको छोरो चाकरीमा पदासीन भएर आएको आनन्दले समस्त गाउँलाई नै खुसी गराएको छ । चन्द्रले गरेको निम्तो स्वीकार गरेर आएको ऊ आफ्ना देहरक्षी लिएर आउँदा गाउँमा भएका युवा युवतीहरूको पनि हौसला बढेको अनुमान गर्न सकिन्छ।
                बिहेको पण्डाल ठूलो भयो भन्ने मास्टरजी आज केही नबोली चुपचाप बसेका रहेछन । चन्द्रले बिहेको चिट्ठीमा लेखेको सबैलाई मनपरे जस्तो लाग्यो । जिल्लाबाट आयुक्त, अधिक्षक,विधायक सबैले निमन्त्रण स्वीकार गरेको देखियो । मानिसहरू न आउन किन यो इलाकाको विद्वान र सबैको सहयोगीको रूपमा देखिने व्यक्ति हुन चन्द्र कट्टेल । एम.कम.,सी.ए. पीएचडी हुन उनी । गाउँको विकासका निम्ति उनले जागीर गर्न खोजेनन । गाउँमा उद्योग खोल्ने अवधारणा उनकै हो ।उनको ओहोदासँग मिल्ने जोडी नमिल्दा बिहे हुन ढिलो भएको हो,तर कसको भाग्यमा  के छ कसैले नजान्दो रहेछ । आज चन्द्रले उच्च शिक्षित एक नारीलाई आफ्नो घरमा ल्याउनु भाग्यकै कुरा हो भन्नुपर्छ ।यस्तै यस्तै कुराले जितेन्द्रको मनमा द्वन्द्व चलाइरहेकै बेला एकहुल मानिस पण्डालमा पसे ।त्यही हुलमा नगेन्द्र देखिए । उनले जितेन्द्रका छेउमा आएर भने – दाजु , एकछिन उता जाउँ न ।
-किन र ?
–  तपाईँलाई आयुक्तले खोज्नु भएको छ ।
– अविनाशका बावु यहाँ हुनु हुन्छ नि भनेर सोध्नु हुदैँथ्यो ।
जितेन्द्र केही नबोली नगेन्द्रको पछिलागेर गए आयुक्त बसेका ठाउँसम्म।
– महाशय यहाँ नै हुनुहुन्छ अविनाशको बुवा भनेर नगेन्द्रले भन्नासाथ दुबैका बीचमा अभिवादनको आदान प्रदान हुन्छ । आयुक्तको सहायकले पर्तिर भएको कुर्ची तानेर जितेन्द्रलाई बस्न भन्दा जितेन्द्र एक न दुई भए जस्तो लाग्यो। आयुक्तले जितेन्द्रलाई धेरै सह्राहना गरे । त्यसपछि नै जितेन्द्रले उहाँहरूलाई एकछिन बसिदिने आग्रह गरेर त्यहाँबाट खाना खाने ठाँउमा गएर निरीक्षण गरे । पाँच मिनेटपछि आयुक्तसहित सबैलाई भोजनकक्षमा लगियो । सबैले अति उत्तम व्यवस्था गरेको रहेछ भने । त्यस व्यवस्थाको मूल होता कल्याण थिए । दिउँसोदेखि चलेको भोज राति नौबजे मात्र सकियो।
             भोज उठिसकेपछि गाउँसभाका सबै मानिसहरू पण्डालमा भेला भए कृष्ण र विजयलाई भोलि नै सभा बोलाउन भनियो । चन्द्रले पनि त्यसैमा सही थपे । उनले बिहेमा सबै किसिमको सहयोग पाएका हुनाले सबैलाई आन्तरिक धन्यवाद ज्ञापन गरेपछि भोलि सभागृहमा भेलाहुने निधोगरी आ आफ्नो घर लागे । चन्द्र, कृष्ण, विजय, कल्याण र जितेन्द्र भने सबै गएपछि पनि त्यहीँ बसिरहे । सबैजना बसेका ठाउँमा जितेन्द्रले भने – हामीले सबैको भलो चिताएर नै यी उद्योग बनाउन लागेका हौँ । अब आउँदा दिनहरूमा हामीले के के गर्नुपर्नेछ त्यस विषयमा राम्रो सोच विचार गर्नुपर्छ। हामी जम्मा तीनसय घर मानिस छौँ , प्रत्येक घरले दुई माउको दरले गाई पाल्ने हो भने छसय माउ गाई हुन्छन । ती गाईको खाद्यान्न खोज्न हामीले अन्त जानु पर्दैन । सूर्यमुखीको पिना र कपासका गुटीको ढुटोले सबैका गाईलाई खाद्यान्न पुर्‍याउँछ ,फेरि भएन सबैका घरको गोबर दाम दिएर हामीले खेतमा प्रयोग गर्न सक्छौँ । जितेन्दरले आफ्नो कुरा भनी नसक्दै कल्याणले भने – ठिक छ हामी त्यसै गरौँला तर ती गाईबाट भएको दुध कहाँ कसले लान्छ ?
कल्याणका कुराको उत्तर दिने क्रममा चन्द्रले भने – काका तपाईँलाई हामीले सुनाउन भ्याएका थिएनौँ – कृष्णदाइले सरकारबाट सहुलियतमा एउटा ट्रैक्टर पाउने भएका छन । त्यही ट्रेक्टरले सबै घरबाट दुध ल्याउँछ। कृष्णदाइ र मैले कृष्णचन्द्र दुग्ध उद्योगको नाउले अर्को उद्योग पञ्जीकरण गराएका छौँ । हामी सबैका दुधको उचित मूल्य दिएर किन्छौँ र त्यसबाट हाम्रो दुग्धव्यवसाय पनि चलाउने निधो गरिसकेका छौँ । त्यसो हुँदा भोलि हामी सबैले यिनै कुराको छलफल गरेर अघि लाग्नु पर्ने छ । त्यसपछि कृष्णले जितेन्द्र तिर हेरेर भने – काका अनि तपाईँले गाडी किन्ने कुरा के भयो?
– केही भएको छैन ।बल्ल त बिहे सकियो । चन्द्र र तिमीलाई लिएर जाने हुँदा कुरा अडिएको छ । अब एक दुई दिनमै त्यो हुन्छ । ल अब अहिले हामी जाऊँ भोलिको भेलामा कुरा गरौँला भनेर हिँडे सबैजना।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *