हिमाल तिमी
-देवीचरण सेडाईँ
हिमाल तिमी भए म चाहिँ हिउँ बनिदिउँला
तारा भयौ तिमी भनेँ प्रकाश छरिदिउँला
प्राणरक्षा गर्न धरती अन्न उब्जाउँछिन
त्यही अन्न उब्जाउन ताकत थपिदिउँला
प्रकृतिको नियम शुद्ध घाम छायाँ जस्तो
त्यही नियम पालन गर्न छेउँमा बसिदिउँला ।
जन्म मृत्यु केही हैन परिवर्तन हो यो
त्यसैलाई मानी सही अघि बढिदिउँला ।
विशाल सागर भए तिमी बतास हुँदै त्यहाँ
आकासतिर त्यसको पानी बोकी लगिदिउँला ।