अवचेतन मस्तिष्क -2

Debicharan.sedai@gmail.com/ September 16, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

तासखालका रुपियाँ सोहोर साहार पारेर हाँस्दै भन्छ काले – “दैवले पनि कस्तो कस्तो जुराउँछन , अस्तिको दुर्घटनामा मरेको भए आज यो खालमा जित्ने को हुन्थ्यो होला ?”
विजयले सोध्छ – ” हैन हौ जितेन्द्र तिमी त साह्रै भाग्यमानी छौ कि क्या हौ, त्यस्तो दुर्घटना हुँदा पनि बाँच्नु त अहोभाग्य हैन र?”

“नभन दाइ मर्नेदिन न आएसम्म कसैगरेनि मर्दो रैनछ जीवन । गाडीमा भएका पच्चिस जनामध्ये एकजना मात्र घटे, धेरैलाई त केही नै भएन । हाम्रो गाडी डेडसय फुट तल गएर एउटा रूखमा अडिएछ, म त बेहोस भएँछु । जे हुन्छ होस भन्नेहरूले गर्दा मानिस बाँचेका हुन । ती मानिसमध्ये एकजना हृदय रोगी रहेछन , अस्पताल पुर्‍याएपछि ती मरेको खबर सुनेको हो ।”
नगेन्द्रले भने – “तपाईं अझै गाडी चलाउनु हुँदैछ ?”

“गाडी चलाउन किन छाड्नु? मलाई त केही नै भएको रहेनछ, मनको डरले मात्र बेहोस भएको भनेर डा. ले भनेपछि अहिले त्यो डर पनि हरायो ।”
यसरी आफूले भोगेको सबैकुरा जितेन्द्रले सुनाएपछि खेला फेरि आरम्भ गर्छन । ऊ फेरि सोच्न लाग्छ – “यहाँ खेल्नेहरूका सबै रूपियाँ जित्नु हो भने त मेरो आफ्नै घर गाडी हुने थियो।” उसले कल्पनामै घर गाडी बनाइदिन्छ,मनमा कुरा खेलाउँदै जाँदा आयकरको कुराले उसलाई घेर्छ । आयकर विभागले उसको आयको स्रोत देखाउन भन्दा अवचेतन मनले नै हैन हैन भनेको उसको चेतनामा आउँछ र उसले वास्तविक पक्षलाई स्वीकार गरेकै बेला बाहिरबाट अन्तशुल्क विभागका मानिस आएर सबैलाई समाउँछन । उसले भने आफूसँग रुपियाँ राखेकै हुँदैन। खालमा भएका रुपियाँ र चारैजनालाई लिएर अन्तशुल्क विभागका मानिस पुलिस थानामा पुग्छन । उसलाई भने पुलिस थानामा पुर्‍याए पनि चिन्ताको लेस थिएन ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *