अवचेतन मस्तिष्क 13

Debicharan.sedai@gmail.com/ October 11, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

निन्द्राले आकुल व्याकुल भएर ओछ्यानमा पुगेको जितेन्द्र कतिखेर निदायो पत्तै पाएन । ऊ निन्द्रामा नै बडबडाउन लागिरहेको थियो ।”हैन हौ चन्द्र के तँ पनि मेरै विरोध गर्छस त ? ठिकै छ विरोध ज जसले गरे पनि केही छैन , सबैलाई समयले सिकाउँछ। मलाई त गुरुको कुरा मनपर्‍यो । कसैलाई कसैले विरोध गर्नु भनेको मतो नमिल्नु हो । सबै मानिस एकै मतोमा हुन सक्दैनन् पनि। त्यसो हुँदा कसैले विरोध गर्‍यो भनेर मन दुखाउनु असल कदापि हुँदैन। ” विजयकी आमाले उसलाई भनिन -” सबैले विरोध गरेपनि म चाहिँ जितेन्द्रले भनेको कुरामा सहमत छु । आफ्नो काम अर्काले गर्दिन्छ भनेर कहिल्यै बस्नु हुँदैन । कुनैपनि काम सानो वा ठूलो हुँदैन, त्यसैको महत्वमाथि निर्भर गर्छ त्यसको असलियत । ” जितेन्द्र त्यहाँबाट जान लागेको मात्र थियो कल्याण आएर भूकम्प गएको खबर सुनायो । धन्न हाम्रो यहाँ आएन नत्र कतिका घर कटेराहरू बर्बाद हुनेथिए । “कहाँको भूकम्पको कुरागर्छ हौ यो कल्याण” -भनेर विजयकी आमाले भन्नासाथ त्यहाँपनि हल्लिएको अनुभव गरे सबैले । सबैले राम, राम,राम, राम , भनेका शब्दले जितेन्द्र ब्यूँझन्छ । “किन यस्तो सपना देखियो? के साँच्चै भुइँचालो आएको हो र? अचम्म छ मानिसको मन मस्तिष्क! के के देखिन्छ सपना पनि?” सपनाबाट ब्यूँझिएपछि उसको सोच फेरि अवास्तव तिर जान लागेको हुन्छ ? सपना होस कि विपना मानिसलाई पिर्छ नै उसका मनले । जितेन्द्रलाई पनि त्यही भएको छ । हो उसले त सपना देखेको हो तर त्यसले उसलाई मानसिक उत्पीडन त दिएकै छ । ऊ सोच्छ “मैले घर बनाउन नथाल्दै यस्तो भुइँचालो आएको सपना देखेँ यदि साँच्चै भुइँचालो आउने नै हो भने होशियार भएर बनाउनुपर्छ। कि यसको अर्थ अर्कै छ ?” उसको सोचले भेटेको थिएन केही । अहिले न ऊ निदाउन सक्नेभयो न उठेर केही गर्न ! उज्यालो पनि रामरी भैसकेको थिएन । ऊ मनको अन्तर्द्वन्दमा पिँधिएको छ । आ जे होला उज्यालो भएपछि सोचौँला भनेर निदाउन खोज्छ तर आँखाबाट हटिसकेको थियो। हरेक जल्पना कल्पनामा डुबेर बसेकैबेला छोरो आएर विजय काकाकी आमाले छोडेको कुरो सुनाउँछ। हो रहेछ सपनाले पनि वास्तवलाई देखाउँदो रहेछ । ऊ अपसोचमा पर्छ । उसले आफ्नो सिद्धान्त छोडेर विजयका घरतिर लाग्छ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *