अवचेतन मस्तिष्क – 40

Debicharan.sedai@gmail.com/ October 7, 2023/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

            परिवर्तन हुन्छ सबैकुरा समय सँगसँगै। अनि परिवर्तन हुन्छ मानिसको सोच, ध्यान धारणा। त्यही परिवर्तनको कुरालाई जीवनको यथार्थतासँग मिलाउन सके मानिसको उन्नति भएको देख्न पाइन्छ। जीवनलाई उन्नतिको शिखरमा पुर्‍याउनसके मानसिक उत्पीडन हट्दछ । यस्तै यस्तै कुराको सोचमा डुबेकै बेला बोलाइदिन्छ कसैले र त्यो सोचलाई थन्क्याएर बाहिर आउँछन जीतेन्द्र। उनले देख्छन हातमा एउटा पत्र लिएर उभिएको छ एउटा मानिस । उनले सोध्छन – “कसको पत्र हो?”
पत्रल्याउने मानिसले भन्छ -“तपाईंकै नाम हैन जीतेन्द्र?”
– हो,मेरै नाम हो ।
– यो तपाईँको पत्र हो ।
जीतेन्द्रले पत्र हातमा लिन्छन र धन्यवाद भन्छन ।
उनी भित्र गएर पत्र खोल्छन । व्यवसाय र उद्योग मन्त्रालयबाट आएको पत्र रहेछ । उनले पत्र पढ्छन –

प्रेषक
व्यवसाय र उद्योग मन्त्रालय
भारत सरकार
नयाँ दिल्ली।
प्रति
श्रीमान सभापति/ सचिव
कल्याणपुर उद्योग संस्थान
कल्याणपुर।
     पत्रद्वारा यहाँहरूलाई सूचित गर्न पाउँदा हर्ष अनुभव भैरहेछ कि राज्य सरकारलाई उद्योग स्थापना गर्न गरेको यहाँहरूको आवेदन राज्य सरकारले हाम्रो मन्त्रालयमा पेश गरेको थियो, त्यो आवेदन भारत सरकारद्वारा अनुमोदन गरेर त्यसको प्रतिलिपि राज्य सरकारलाई पठाइएको छ र उप्रान्त यहाँहरूले राज्य सरकारबाट सम्पूर्ण जानकारी पाउनुहुनेछ। तसर्थ त्यसको व्यहोरा र व्यवस्थाका लागि राज्य सरकारबाट सबै किसिमको सहयोग पाउनु हुनेछ भन्ने जानकारी गराइन्छ।
भारत सरकारको भएर
सह सचिब
व्यवसाय तथा उद्योग मन्त्रालय।
सम्पूर्ण चिठी पढिसकेपछि जीतेन्द्रमा खुल्दुली मच्चिन्छ र ऊ चन्द्रलाई भेट्न भनेर निस्किन्छन । बाटामा जाँदा पनि उनी त्यही पत्रकै विषयमा सोच्दै अघि बढिरहेका बेला कृष्ण आफ्नो छेउमा आइपुगेको पनि विचार गरेनन । कृष्णले काका नमस्कार भन्दा मात्र होसमा आए जस्ता भए उनी ।
-अँ कृष्ण कता हिँडेका?
– तपाईंलाई नै भेट्न हिँडेको काका ।
– हिँड चन्द्र कहाँ जाउँ ।
– किन काका ?
– हिँडन । उहीँ पुगेपछि भनौँला।
कृष्ण पनि जीतेन्द्रसँगै फर्किन्छन। उनले कृष्णलाई भने – कृष्ण हाम्रो काम त भएछ ,तर अब हामीले गर्नेकाम धेरै बाँकी छ कहिले सकिएला? आउँदो वर्षदेखि उद्योग चलाउन सकिएला?
– काका सबैको सहयोग भयो भने नसक्ने कुनै कारण नै हुँदैन । यसै महिमामा कपास लगाउने ठाउँ तयार गराउनुपर्छ। जाउँ चन्द्र कहाँ उनले के भन्छन सुनौँ ।
दुबै अघि बढदै जान्छन् र पुग्छन चन्द्र कहाँ। चन्द्र बाहिर बसेर गाउँकै दुईजना मानिससँग गफ्फिँदै रहेछन । हामीलाई देख्नासाथ उनले नमस्कार गरे । हामीले प्रति नमस्कार फर्कायौँ । चन्द्रले अरू दुईटा कुर्सी थपे । बस्यौँ हामी पनि । बस्नासाथ चन्द्रले भने – अनि काका तपाईँलाई भेट्न भनेर गएका कृष्ण फर्केछन त ,किन के भयो? जीतेन्द्रले चन्द्रलाई चिठी हातमा दिएर भने – यो चिठी पढिहेर!
– कहाँ बाट आएको काका भने चन्द्रले!
– हेर न सबै थाह भैहाल्छ नि !
चन्द्रले पत्र निकालेर पढ्छन।
– काका अब हाम्रो काम आयो । हाम्रो गाउँलाई देशभरिकै उन्नत गाउँ बनाउनु पर्दा गाउँका प्रत्येक मानिसको सहभागिता हुनु आवश्यक हुन्छ। हामीले गर्नलागेको काम पूरा हुने भयो । अब हामीले आफ्नो काम अघि बढाउन लागिपर्नु पर्छ । कपासको बीउ र सूर्यमुखीको बीउ आउँदो महिनामा आइपुग्ने कुराको जानकारी एकछिन अघि पञ्चायतले दिएर गएको कागजमा लेखिएको रहेछ । कपासको सिँचाइ र मलको व्यवस्थापनमा पञ्चायतले सक्दो सहयोग गर्ने भएको छ। त्यसैले अब हामी भोलिदेखिनै काममा लाग्नुपर्छ। त्यत्तिकैमा एउटा केटाले चिया चमेना ल्याएर राखिदियो। सबैले चिया चमेना खाइसकेपछि भोलि नदी पारि गएर क कसले कति कति जग्गा दिनेहुन त्यसको हिसाब गरी जोत्ने व्यवस्था गर्ने निधोगरी छुट्टिन्छन्।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *