अवचेतन मस्तिष्क -26.

Debicharan.sedai@gmail.com/ February 4, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -26.
लघुकथा (धारावाहिक) आज त बिहानदेखि नै गाउँको परिवेश एक किसिमको तम्तमाइलो भएकाले गर्दा मनलाई बाँध्न नसकेर जीतेन्द्र गुरुका घर पुगेको हो । जीतेन्द्र र चन्द्र तगारोमा पुग्दा साथ गुरुले दुबैलाई सोझै भित्र पस्ने आग्रह गर्नुभयो। गुरुले भन्नुभयो - " जीतेन्द्र तिमी भन्थ्यौ किन यो दिन बार हेर्नुपर्छ गुरु भनेर अहिले त आफ्नै अघि देखि हाल्यौ।"

गुरुले भन्नासाथ चन्द्रले भने – ” गुरुजी के सुवेदार साब ग्रहले गर्दा नै मरेका हुन त ?”

  • त्यो त दैव जानुन् तर ग्रहको दोष नभएको चाहिँ हैन । उनले मलाई बोलाएका पनि थिए तर मेरो अन्तै काम भएको हुँदा जान सकिन । मैले उनलाई भनेको थिएँ सुवेदार साब यो बुधबार घरको खाँबो गाड्ने राम्रो योग छैन अर्को बुधबार गर्दा हुँदैन र ? त्यसमा उनले सुभश्च शीघ्रम भनेर मेरो कुरो काटिदिए । त्यहीमाथि उनले भने -आयुका छोरालाई वायुले खाँदैन ।
    किन गुरु दिन नराम्रो थियो र भनेर चन्द्रले सोध्दा गुरुले भने -” हेर चन्द्र भद्रा भएका बेला कुनै पनि राम्रो काम आरम्भ नगर्नु भनेर शास्त्रमा भनिएको छ । त्यहीमाथि भद्रा पृथ्वीमा भएका बेलामा बर्जित भनिएको छ तर पनि सुवेदारले मान्नु भएन म आफै गर्छु भनेर लाग्दा ती त्यस्तो भयो ।”
    घटना चाहिँ कसरी भएछ गुरु भनेर जीतेन्द्रले सोधेपछि गुरुले भन्नुभयो -” त्यो दिन मीनको चन्द्रमा हो तर त्यसमा भद्रा भएको हुनाले मैले नगर्नु भनेको थिएँ,तर उनले खाँबो राख्न खनेको खाडलमा भित्र पसेर दीयो कलश पूजा गर्न लाग्दा अचानक खाडल भित्रै लडेछन् । सुवेदार्नीले कामगर्ने मानिसलाई बोलाएर माथि ल्याइसक्दा उनले छोडिसकेका रहेछन् त्यसलाई कसरी मरे भन्नु ?”
    हुन त समय सबैभन्दा बलवान हुन्छ । समय नै त्यस्तै रहेछ भन्नुपर्ला भनेर जीतेन्द्रले भन्दा गुरुले भन्नुभयो -” हो जीतेन्द्र समय नै सबैभन्दा बलवान हुन्छ तर समयलाई पनि त छल्न सकिन्छ । त्यो समयमा नगरेर भद्राहीन दिनमा काम आरम्भ गरेका भए त्यस्तो हुँदैनथ्यो कि ?”
    गुरु त्यसोभए अब म चाहिँ कहिले आरम्भ गर्नु त ?
    हेर जीतेन्द्र अब यो सुवेदार को काम नसकिञ्ज्याल तिमीले पर्खिनुपर्छ । हैन भने अर्कै जना पुरोहित बोलाएर आफ्नो घरको खाँबो गाड्ने भन्ने सोचेका भए अर्को हप्ता शुक्रबार बिहान काम आरम्भ गर । मेरो त तिमीलाई थाहै छ अब यो तेह्रदिन सम्म त्यहीँ लाग्नुपर्ने हुन्छ । हैन म तपाईँलाई नै लगाउने भन्ने सोचेका भए पर्खिनुपर्छ ।गुरुका कुरा सुनेपछि ऊ सोच्नलाग्छ – अब हेर हेर भगवान् राखेका रुपियाँको छनक कसैलाई भयो भने मेरो गति के हुने हो ! जुवामा जितेका रुपियाँ हुन कसैले कहाँबाट ल्याइस भनेको खण्डमा के भन्नु होला! जे होस् अब अलिकदिन अझै पर्खिनुपर्ने भयो ।
    हैन काका के मा पुग्नुभयो ?
    ऊ झस्किन्छ र भन्छ -“
    ठिकै छ गुरु म पर्खिन्छु ।मेरो काम तपाईँले नै गरिदिनुपर्छ। मेरा बावुका पनि गुरु तपाईँ नै हुनुहुन्थ्यो, अहिले हतार गरेर अर्कैलाई लगाउँदा केही कथम नराम्रो भयो भने मलाई सबैले धिक्कार दिन्छन् । त्यसैले म अरूलाई लगाउने पक्षमा छैन ,अब हामी जाउँ गुरुलाई पनि ढिलो भैसक्यो “भन्नासाथ एउटा केटो बाइक लिएर गुरुलाई लिन भनेर आयो हामी पनि त्यतै लाग्यौँ ।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *