अवचेतन मस्तिष्क -25.

Debicharan.sedai@gmail.com/ February 1, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -25.
लघुकथा (धारावाहिक)

आउने दिन आउँछ नै । आफूले भनेजस्तो हुने भए मान्छेलाई किन दुःख हुन्थ्यो र ? कसैलाई केको धन्दा कसैलाई केको धन्दा घरज्वाइलाई खानको धन्दा भ तयनेझैँ जीतेन्द्रलाई घर बनाउने हुटहुटीले सताएकाले बिहानै उठेर गएको एक बजे मात्र घर आइपुगेको हुँदा हीराले सोधी – ” एकाबिहानै हिँड्नुभएको कहाँ पुगेर आउनुभयो?”

  • नभन , तिमीलाई थाह छैन, अधिकारी बालाई आयकरले र्‍याखर्‍याख्ती पारेको सुन्यौ होला नि ? बाले अढाई लाख रुपियाँ एकैपल्ट दिने हुँदा आयकरका मान्छे आएका रहेछन्। त्यसैले हामीलाई त्यस्तो नहोस् भनेर चन्द्र,विजय र नगेन्द्रलाई एक एकलाख रुपियाँ दिएर सिमेन्ट र छडको पसलका नाममा तीनोटा चेक लिएर आएँ। ती तीनोटा चेक र अरू डेढलाख गर्दा जम्मा साढे चार लाखको हिसाव सकिन्छ। त्यसो गरेपछि न आयकरले समाउने डर न एकैपटक रुपियाँ दिनुपर्ने तनाव ।
  • दिनभरि केही नखाई हिड्नु भयो?
    -किन हुन्थ्यो! चन्द्र कहाँ बिहान खाजा खाएँ , दिउँसो विजयले खाना नखाई हिँड्नै दिएन । अब भोलिको कुरा सोच्नुपर्‍यो । बिहानै गुरुकहाँ गएर गुरुलाई पर्सी घर बनाउन आरम्भ गर्ने कुरा भन्छु र त्यसपछि पसलमा गएर सामानको रकम बुझाएर आउनुपर्छ।त्यसैले बिहान चाहिँ तिम्रो काम धेरै हुन्छ भनेर हीरालाई भनेपछि हीराले केही आपत्ति नगरी सबै कुरामा सहमति जनाएको कुरा भन्छे ।
    भोलिपल्ट बिहानै जीतेन्द्र उठेर न्वाइध्वाई गरेपछि हीराले जीतेन्द्रलाई खाजा चिया बनाइदिन्छे । चिया खाजा खाएर ऊ गुरुका घर जान निस्केको मात्र के थियो अविनाशले सुबेदार दलबहादुर खसेको खबर सुनाउँछ। विचरा दलबहादुर हक्की र समाजको सबै काममा अघि आउने मान्छे थिए के भएर बितेछन्? जीतेन्द्रले सोचे हो यो हेराइ कोराई माथि विश्वास नगर्ने किसिमका थिए । घर बनाउँदा के हेराउनु पर्‍यो जीतेन्द्र सोमे खेति बुधे घर जे मन लाग्छ त्यही गर भन्ने उखानै छ भनेको उनैले हो । कहिल्यै नबिर्सिने कुरा गर्ने मान्छे भनेर अफसोस मानेर घरबाट हिँड्छन्।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *