अवचेतन मस्तिष्क – 43.

Debicharan.sedai@gmail.com/ February 18, 2024/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

                  कृष्ण र चन्द्रलाई भेटेर आएको पनि तीनदिन भैसकेछ । त्यसैदिन आजको चौथो दिनमा सबै गाउलेहरू र गाउँका गण्यमान्य व्यक्तिलाई बोलाएर सर सल्लाह गर्ने कुरो भएको थियो ,चन्द्र र कृष्णले व्यवस्था मिलाइसकेका होलान । उनीहरू म भन्दा पनि सचेत छन । कृष्णले गर्दा नै यस्तो पिछाडिएको गाउँमा पनि बिजुली,ग्यास, टेलिफोन, मोबाइल फोन सबै कुराको परिबन्द भएको हो । अहिले हाम्रो गाउँलाई कसैले अविकसित गाउँ भन्ने ठाउँ छैन । यातायात, सञ्चार आदि सबैको बन्दोबस्त गरेर गाउँलाई एउटा आदर्श गाउँ बनाउने योजना चलिरहेको छ । सरकारले उद्योग बनाउने कुरा स्वीकृत गरेको पनि तीनवर्ष पुगिसकेको छ। अब त पाँच छ महिनापछि उद्योग चल्नलाग्नेछ । सबैको सहयोग र सहकार्यले काम समाधा हुनसक्ने कुरामा विश्वास गर्नुपर्छ। जितेन्द्रले यस्तै यस्तै कुरा सोचिरहेका बेला उसको मोबाइल बज्छ । उसले मोबाइल हेर्छ , नचिनेको नम्बर तापनि बोल्छ ऊ -‘हजुर,को बोल्नु हुँदैछ?’

  • नमस्कार,म नगेन्द्र बोलेको दाजु ।
  • ए, नगेन्द्र! अनि के छ ? थाह पाइहाल्यौ होला ,हैन ?
  • त्यसैले त बधाई दिनुपर्‍यो भतिजलाई भनेर । हाम्रा  
        छोराछोरीले लोकसेवा आयोगको परीक्षा पास गर्दा   
        रहेछन नि !
  • किन नगर्नु ,तर आयोगको परीक्षामा उत्तीर्ण भएर मात्र
       हुँदैन भाइ , सक्रिय राजनीतिमा संलग्न भएर विधायक,
        सांसद सम्म पुग्नसक्ने हुनुपर्छ । अनिमात्र विकासको
        गति अघि बढ्ने छ ।
  • ठिकै छ दाजु, सबैकुरा बिस्तारै हुँदै जान्छन । कर्मलाई
    धर्म सम्झेर गरे असफल भन्ने नै हुँदैन। हाम्रा मानिसले
    बल्ल चेतना भन्ने कुरा बुझ्दैछन ।
  • ल भाइ धेरै धेरै धन्यबाद। अर्थोक के कस्तो चल्दैछ?
  • दाजु तपाईंले पनि सुन्नुभयो होला , सरकारले हाम्रो
    उद्योगका लागि सौर शक्तिबाट विद्यूत जोगार गर्ने
    भएको छ । कपास उद्योग, प्लास्टिक उद्योग,हार्डवोर्ड
    उद्योग आदि उद्योगहरू अब उप्रान्त शहरमा नहुने र
    सबै उद्योग सौर शक्तिबाट चलाउने योजना भएको
    जानकारी दिएर पत्र पठाएको रहेछ । त्यसैका लागि
    भोलि सभा राखिएको छ अरे । मलाई पनि बोलाएका
    छन , सायद चन्द्रले तपाईंलाई जानकारी गराएका
    होलान! हामी भोलि भेटिने छौँ । लौ त दाजु , भोलि
    भेटौँला नमस्कार।
    जितेन्द्रले मोबाइल राख्नै नपाइ चन्द्रले गरेको फोन
    समातेर हजुर मात्र भनेका थिए चन्द्रले भन्नलागे
  • काका नमस्कार, तपाईँलाई खबर दिन ढिलो भएकामा
    क्षमा चाहन्छु । भोलि चारबजे उद्योगको कुरा लिएर
    सभा राखिएको छ र त्यसमा तपाईँ जसरी भएपनि
    आउनुपर्‍यो ।
  • मैँले सुनेँ। मलाई नगेन्द्रले फोन गरेका थिए । म न आउने
    के छ र ! भोलि सबैकुराको छलफल हुन्छ होला नि ?
    सबै जग्गा तयार भैसक्यो होला ! बिउ पनि तयार भएको
    भए अब चाँडै रोप्ने व्यवस्था गर्नुपर्छ। तीन महिना लाग्छ
    कपास निकाल्न । त्यो तीन महिनामा उद्योगको काम
    सकिनुपर्छ । सूर्यमुखीको बिउ आयो कि आएन?
  • काका हामीले सबै तयार गरिसकेका छौँ । भोलि
    सबैकुराको जानकारी गराउने छौँ । यसपाली आयोगमा
    उत्तीर्ण भएका युवा युवतीहरूलाई पनि भोलिनै
    सम्बर्धना गर्ने योजना गरिएको छ तसर्थ भाइलाई पनि
    लिएर आउनु होला !
  • ऊ त छैन चन्द्र।ऊ दिल्ली गएको आएको छैन ।सायद
    अर्को साता मात्र आउँछ होला !
  • ठिकै छ काका भाइ नभए पनि तपाईँ आउनु होला।
    -म त आइहाल्छु नि । ल चन्द्र हुन्छ, भोलि भेटौँला भन्दै
    मोबाइल बन्द गर्दछन्।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *