अवचेतन मस्तिष्क – 42

Debicharan.sedai@gmail.com/ January 3, 2024/ avachetan mastiska, लघुकथा

-देवीचरण सेडाईँ

          कसलाई सुनाउनु मनको बह  ? सबै काखी बजाउने छन वरिपरि।अब त आफ्नै साथीहरू पनि टाडिन लागिरहेछन ।कसैले गरेर खाएको देख्दा किन नेत्र बलेका हुन  मानिसका ? आँफू भने यिनै मानिसको उन्नतिको कुरा सोच्दासोच्दै हत्तु भैसकियो । कसैलाई केही भन्यो कि मुखफर्काउने भैसके मानिस। विचरा कृष्णेलाई दुःख परेकाबेला कतिजना पो आएका थिए र उसलाई आश्वासन दिन तैपनि ऊ रिसाएन कोही देखि।असल सेवक हो ऊ । त्यस्ता मानिस भएको हाम्रो गाउँ धन्य हो ।
         राजनीति,समाजनीति, साहित्य,कला- संस्कृति सबैकुराको ज्ञान भएका मानिस कति पो  हुन्छन् र समाजमा? समाजको बिकासका लागि उद्योग हुनु आवश्यक हुन्छ। त्यसैले अब उद्योगमा सबैलाई आकर्षित गराउने लक्ष्य राखेर अघि बढ्नुपर्ने हुन्छ। यस्तै यस्तै कुरा सोच्दै जितेन्द्र कृष्णलाई भेट्न जानेकुरा सोचिरहेकै बेला कृष्ण आफैँ आइपुग्दा जितेन्द्रको मन अचम्भित हुन्छ।

  • अनि कृष्ण यो त साह्रै अचम्म लाग्ने कुरा पो भयो त !
  • किन काका ?
  • म तिमीलाई नै भेट्न जानेकुरा सोचेर निस्कनै लागेको थिएँ तिमी टुप्लुक्क आइपुग्यौ , अनि अचम्म भएन त ?
  • के सोचेर जान लाग्नुभएको थियो काका ?
  • हाम्रो खेत जोताइ पनि सकियो ,कारखाना पनि अब तीन चार महिनामा सिद्धिन्छ र अब कपासको बिउ के कस्तो ल्याउने हो सबैकुराको बन्दोबस्त गर्ने कुराको सल्लाह हुनु परेन र ?
  • तपाईंले के सोच्नु भएको छ काका ?
  • मैले हिजैमात्र कपासका विषयमा लेखिएको एउटा निबन्ध पढेँ , राम्रो लाग्यो र त्यही किसिमको बिउ ल्याएको राम्रो होला भन्ने सोचेँ । तिमी पनि सुन कस्तो लाग्छ? जितेन्द्रले निबन्ध सुनाउँछन् यसरी –
    ‘बिरुवा बढ्न थालेको केही हप्ता पछि स्क्वायर (फूलको कोपिला) विकास हुन्छ, केही हप्ता पछि फूलहरू देखा पर्छन्। त्यसपछि फूलहरू झर्छन्, पकाउने बीउको पोड छोड्छन् जुन परागण पछि कपासको बोल्ट (फल) बन्छ।
    बिरुवाले बीउ पनि उत्पादन गर्छ जुन कपासको बोल्डमा फाइबरले घेरिएको सानो क्याप्सुलमा समावेश हुन्छ।
    प्रत्येक कपासको बोल्टमा सामान्यतया २७-४५ वटा बीउ हुन्छन्, र प्रत्येक बीउमा १०,००० – २०,००० साना फाइबरहरू लगभग २८ मिमी लम्बाइमा जोडिएका हुन्छन्।
    कपासको फाइबर सेल्युलोजबाट बनेको हुन्छ, यसमा मोमको पातलो कोटिंग हुन्छ र पराल जस्तै पातलो र खोक्रो हुन्छ।
    जब परिपक्व हुन्छ, बाली छनोट गरी जिन्न सकिन्छ, एक प्रक्रिया जसले कपासको फाइबर (वा लिन्ट) लाई बीउबाट अलग गर्दछ।
    कपास लिन्टले वजनको आधारमा उठाएको कपासको लगभग 42% बनाउँछ, र कपास बालीबाट कुल आम्दानीको लगभग 85% योगदान गर्दछ। अन्य 15% आम्दानी कपासको बीउबाट आउँछ।’
    निबन्ध सुनिसकेपछि दुबै सल्लाह गर्न गाउँ बिकास सभाको सभागृह तिर हिँड्छन्।
Share this Post