असमको भूमिपुत्र हो गोर्खा

Debicharan.sedai@gmail.com/ September 10, 2022/ कविता/ 1 comments

-देवीचरण सेडाईँ

अब लेख इतिहास भूमिपुत्रको
नसोध कसैलाई कसरी हो
सोध्नेभए
सोध
इतिहासकारलाई
पल्टाऊ पन्ना इतिहासका
राजा विश्वसिंह तिम्रा थिए
नरनारायण र चिलाराय तिम्रा थिए
तिमी माटोसँगै आएका हौ जान
भारत भूमिका वीर गोर्खा सन्तान
मानले आक्रमण गरेको असम
जोगाउने हुन गोर्खा सन्तान
असममा गोर्खाको छ एक अध्याय
गोर्खा नै थिए रतिकान्त उपाध्याय
उनैले बनाएका थिए नेपाली सत्र
तर आज किन छन अलपत्र
गोर्खा पनि हुन असमका भूमिपुत्र
इतिहासले भन्नेछ त्यसको सूत्र
पढ गोर्खाको प्रागैतिहासिक कथा
पढ गोर्खाको वीरत्वको गाथा
थाह लाग्ने छ तिम्रो आफनो परिचय
सबैले भन्नेछन भूमिपुत्र निश्चय
त्यसैले लेख इतिहास भूमिपुत्रको
गोर्खा रैथाने हो असम मातृको
इतिहासमा त्यही भनिएको छ
गोर्खा असमकै भनेर गनिएको छ ।

Share this Post

1 Comment

  1. wow great sir… congratulations.

Leave a Comment

Your email address will not be published. Required fields are marked *