अवचेतन मस्तिष्क -21.

Debicharan.sedai@gmail.com/ January 13, 2023/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

आज किन होला बाटामा एकजना मानिस पनि छैनन्। आज कसैको केही काम परेको रहेनछ क्यार बिहान। हुन त म छिटै निस्केको भएर हो कि बा ! मनमा हरेक तर्कना लिएर अघि बढिरहेको थिएँ। गुरुलाई भेटिने हो कि हैन भन्ने शङ्का पनि छ मनमा । विभिन्न किसिमका सोच लिएर हिँडिरहेको हुनाले थोरै समयमा नै म गुरुको घरमा पुगेँ । बाहिर सिकुवामा पुगेर घण्टी बजाएँ । बिहान बिहानै भएको हुनाले गुरुका छोरा (जो भर्खरै डाक्टरी उत्तीर्ण गरेर घर आएका रहेछन्)ले ढोका उघारेर मलाई भित्र पस्ने आग्रह गरेपछि केही नभनी म भित्र पसेँ र बैठक कोठामा गएर बसेँ । भित्रबाट शङ्ख घण्ट बजेको शब्द निस्कियो बाहिर।गुरुले मन्त्र पढेको स्पष्ट सुनियो अब केही क्षणमा गुरु बाहिर आउने निश्चित भयो । म आफ्नै कुरा सोचेर बसेको थिएँ,गुरुले के भन्नुहुने हो त्यही चिन्तामा मग्न भाएकै बेला गुरु आएर – अनि जीतेन्द्र बिहान बिहानै आएछौ के कुरा पर्‍यो ? भन्दामात्र गुरु आएको थाहभयो।
गुरुलाई नमस्कार गरेर भनेँ – गुरुजी मैले घर बनाउन सर सामान ल्याएर राखेको पनि वर्षदिन पुग्नलाग्यो । एउटा छोडी अर्को अडचनले घर बनाउन नदिने भैसक्यो, त्यसैले एउटा राम्रो दिन हेरेर थालौँ कि भनेको। मेरा कुरा सुनेपछि गुरुले भन्नुभयो -” हो ठिकै छ यो भदौ र असौज त भएन कात्तिकमा एउटा दिन हेरेर थाल्नुपर्छ। घर बनाउँदा लम्बाई चौडाईको जोडफललाई नौ ले भागागर्दा भागशेष तीन,चार,छ र सात नं आउने हुनुपर्छ। घर बनाउँदा हेर विचार गरिएन भने नयाँ घरले सर्बस्व गर्छ। धनी,मानी,जमिदार, भिखारी आदि सब बनाउन बेर लाग्दैन, त्यसैले राम्रो हेरकोर गरेर मात्र घर थाल्नुपर्छ। हामी भोली कलकत्ता जाँदैछौँ। छोराले विद्यावारिधी गर्ने छात्रवृत्ति पाएर अमेरिका जाने भएकाले उसलाई पुर्‍याउन हामी कलकत्तासम्म जाँदैछौँ । उहाँबाट आएपछि दिनबार हेरौँला।”
गुरुजीका सबैकुरा सुनेर छ उठ्नै लागेको थियो एउटी केटीले चिया ल्याएर दिई । ऊ चिया खाएर गुरुलाई नमस्कार गरी
बाहिरीयो । गुरुजीको छोरा अमेरिका जाने कुराले उसलाई घरि-घरी घच्घच्याइरह्यो । उसले गुरुको कुरो चन्द्रलाई न सुनाई नसक्ने भयो र सोझै चन्द्रका घरतिर लाग्यो। चन्द्र सिकुवामा बसेर खबर कागज हेरिरहेका रहेछन्। ऊ तगारो कट्नासाथ आउनुहोस् काका भनेर बोलायो। यति बिहानै?
– के को यति बिहानै हौ ! म त दुईघण्टा अघिनै गुरुजी कहाँ गएको थिएँ घर बनाउने सल्लाह गर्न। गुरुजी भोली कलकत्ता जाने अरे छोरालाई अमेरिका पठाउन।
– हेर्नुहोस् काका गुरुजी जस्तै मान्छे दशजना जति मात्र पनि हाम्रा गाउँमा हुन्थे भने हाम्रो गाउँ देशभरिकै श्रेष्ठ गाउँ हुने थियो । हाम्रा गाउँका मान्छेलाई तास,जुवाले एकातिर तानेको छ भने अर्को तिर मादक पदार्थले । त्यसैले जहिले सम्म यी कुरामा गाउँबासी सजग हुँदैनन् तबसम्म न हाम्रो गाउँ सुध्रिन्छ न गाउँको विकास हुन्छ?
– हो नि चन्द्र गाउँका मानिसले नचाहे पछि के गर्नु ? हाम्रो जातको स्वभावमा कहिल्यै परिवर्तन न आउने भयो । पढाईमा कसैको चासो देखिँदैन। दशसम्म पढ्यो भने भयो । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण हौँ भन्ने कसैले सोच्दैनन्। शिक्षामा पछि परेको जातको कहिल्यै उन्नति हुँदैन भन्ने जबसम्म ज्ञान हुँदैन तबसम्म हामी पछिको पछि नै हुनेछौँ । ल चन्द्र अहिले म लागे भरे साँझ गुरु कहाँ जाउँला शुभेच्छा दिन ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *