अवचेतन मस्तिष्क -31

Debicharan.sedai@gmail.com/ April 10, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -31.
(धारावाहिक कथा) रुढीवादी परम्परा र सामाजिक विसङ्गतिलाई हटाएर नयाँ विधानद्वारा समाजलाई अघि बढाउने सोच मानिसमा किन न आएको होला? कुनै पनि शास्त्रमा मानिसलाई विलुप्त गराउने कुरा त लेखिएको छैन । मेल मिलाप र प्रेम भावनाले मात्र उन्नति हुने कुरा वास्तव सत्य हो भन्ने कुरालाई स्वीकार गर्न नसक्नु नै समाज पछि पर्नुको कारण हो। कर्मद्धारा मानिसले ओहोदा र आसन प्राप्त गर्दछ भन्नेकुराको ज्ञान मानिसमा कहिले आउला? यस्तै यस्तै कुराले मन पिरोलिएको बेला चन्द्र आएर के सोच्दै हुनुहुन्छ काका भन्दा मात्र उनका अन्तर्मनले वास्तविक धरातलमा उभिएर उनलाई बस्न भन्छन् ।

  • काका के कुरामा निमग्न हुनुभएको थियो?
  • हैन हौ चन्द्र समाजमा भएका रुढीवादी कुरालाई पन्छाएर एउटा स्वच्छ र स्वच्छन्द समाज बनाउन तिर आजको पिँढी किन नलागेको? त्यही कुरालाई लिएर मेरा मस्तिष्कमा खेलेकाले तिनै कुराका विषयमा सोचिरहेको छु।
  • काका यी कुरामा तपाईं व्यर्थै टाउको दुखाउनु हुँदैछ। यी कुराको निराकरण समय आएपछि आफैआफ हुन्छ। बलजफ्तीले कुनै समाजमा परिवर्तन ल्याउन सकिँदैन। परिवर्तन आफैआफ भएमात्र दीगो र ग्रहण योग्य हुनसक्छ।
  • त्यो त हो चन्द्र तर त्यसको बाटो पहिल्याउने काम त गर्नुपर्‍यो नि !
  • पर्दैन काका ,बगेको पानीले जसरी आँफू बग्नेबाटो बनाउँछ त्यसैगरी समाज पनि अघि बढ्दै जान्छ। त्यसमा विरोध पनि हुन्छ तर समयले त्यसलाई सिकाउँदै अघि बढाउँछ।
  • त्यसोभए के हामीले पर्खिनै पर्छ त ?
  • हो काका,पर्खिनुपर्छ । जबर्जस्ती थोपरेको विधान क्षणिक र अग्राह्य हुनसक्छ। त्यसैले परिवर्तन आफैआफ हुन दिनुपर्छ।
  • चन्द्र हामीले बनाउन खोजेको समवाय व्यवस्था सफल हुन्छ जस्तो लाग्छ?
  • पक्का सफल हुन्छ काका । हामीले गर्न खोजेको कपास खेतिले एकातिर हामीलाई आयस्था दिन्छ भने अर्कातिर देशमा भएको वेरोजगारी समस्याको समाधान पनि गरिदिन्छ,साथै देशमा क्षुद्र उद्योगको मर्यादा बढेर देशको पनि उन्नति गराउने छ ।
  • कसरी कसरी र के के को विकाश र उन्नति गराउँछ चन्द्र हाम्रो समवायले?
  • हाम्रो समवायले एकातिर वस्त्रशिल्पको उन्नति गराउँछ भने अर्कातिर क्षुद्र शिल्पतिर मानिसलाई आकर्षित गर्ने काम गर्छ । एक बिघा जग्गामा एकसय बीसदेखि एकसय साठी केजीसम्म कपासको उत्पादन हुनसक्छ र प्रति केजी कपासको दाम साठी सत्तरी रुपियाँ हुनसक्छ। तयसो हुँदा सरदर ढेड करोडदेखि दुई करोडको आयस्था हुन्छ।
  • के हामी कपासकै खेति मात्र गर्ने हो र ?
  • हैन,काका कपासको खेति भित्र अर्थोक पनि लगाउन सकिने प्रावधान हुन्छ,जसले गर्दा हाम्रो आयस्था प्रत्येक परिवारलाई वर्षेनी ढेडलाख गरेर हुनसक्ने अनुमान गर्न सकिन्छ।
  • जे होस् त्यो पनि समयमा हुन्छ। हाम्रो काम हामीले गर्दै जानुपर्छ। सबैको सल्लाह र परामर्श अनुसार अघि लागे कसैले दोष लगाउने ठाउँ हुँदैन।
  • काका,अब फेरि अति चाँडै गाउँका सबैजना बसेर सल्लाह गर्नुपर्ने छ ।
  • किन,के कुरालाई लिएर?
  • हामीले गाउँलाई कसरी व्यवस्थित रूपमा
    बनाउने र स्कूल, युवक सङ्घको घर, पुस्तकालय आदि कहाँ कसरी बनाउने? यी यावत कुराको छिनोफानो गर्न एकदिन सबै बस्नु पर्ने हो ।
  • चन्द्र अर्को कुरो के छ भने हाम्रो यस गाउँमा जम्मा तीनसय घर मानिस हौँ, त्यसमध्ये तीन चारवटा घरमात्रै भत्काउँदा लोभलाग्ने किसिमका छन्। के ती घरको कुनै क्षतिपूर्ति सरकारले दिने व्यवस्था रहेछ?
  • कृष्ण त्यही कुरामा लागिरहेका छन्,सायद सातादिन भित्रमा त्यसको पनि निचोड आउने सम्भावना छ।
  • ए त्यसैले सरकारले मानिसलाई ठाउँ सर्न समय नरोकेको रहेछ ।
  • हो काका,त्यस विषयमा छलफल भैरहेको छ तर हाम्रा सानातिना घरलाई केही फरक नपर्ने भएकाले सरकारले सार्वजनिक रूपमा घोषणा गरेको छैन।
  • ठिक छ त्यसो भए गाउँ सार्ने कुरामाथि चर्चा गर्न हामी चाँडै बस्नुपर्ने रहेछ ।
  • ल , काका अब तपाईं निर्ढुकक बस्नुहोस् म जानुपर्‍यो भनेर चन्द्र उठ्छन्।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *