अवचेतन मस्तिष्क – 30.

Debicharan.sedai@gmail.com/ April 8, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -30.
(धारावाहिक कथा) बिहानदेखि नै मनमा एक किसिमको कोकोहोलो भए जस्तै भएको छ। हुन त आजको दिन नै त्यस किसिमको भएको हुनाले होला! आजभन्दा सातादिन अघिदेखि आजको दिनलाई कुरेर बसेका हुन गाउँका सबैजना, त्यसैले गर्दा पनि मनमा कुरा खेलेका होलान्। जीतेन्द्र आफ्नो मनलाई स्वतस्फूर्त बनाउन र आजको चर्चा हुने कुराका विषयमा सल्लाह गर्न चन्द्र कहाँ पुगिसकेकाले त्यहाँको वातावरण नै अलग्गै भएको छ।

“अनि, काका बिहानै आउनु भयो त” भनेर चन्द्रले सोधेपछि उनी भन्छन् –

हैन हौ चन्द्र,आज अब हाम्रो उद्देश्य सफल होला जस्तो लाग्छ?

किन काका ?

हामी जम्मा तीनसय घर मानिस हौँ । सबैको तीन तीन बिघा जग्गा हुँदा नौ सय बिघा हुन्छ। दुई दुई कठ्ठामा घर र बारी बनाएपछि रहेको सात सय असी बिघा हुन्छ। त्यो जम्मै जग्गामा समवाय रूपमा व्यवसाय गर्दा सबै उपकृत हुने थिए अनि गाउँमा सानो ठूलो भन्ने भिन्नता पनि निमिट्यान्न हुने थियो ,के त्यसो गर्न सकिन्छ?

काका सबैले मानिदिए त केही कुरै थिएन। प्रस्ताव राख्नुहोला सभामा ।भयो भने सबैको विकास र देशको उन्नति हुने थियो ।
यसरी चन्द्र र जीतेन्द्रले केहीबेर कुरा गरेपछि सभामा जाने सल्लाह गरेर जीतेन्द्र घर जान्छन्। उता गाउँका मानिसहरू बिस्तारै भेला हुन लागिसकेका थिए । जीतेन्द्र हतार हतार गर्दै घर पुगेर सभामा आइपुग्दा चन्द्रले कुराको उठान गरिसकेका रहेछन । जीतेन्द्रलाई सबैले अभिवादन जनाए । त्यसपछि नै उनले आफ्नो पक्षबाट कुरा राखे – ” सम्माननीय सभासद आज हामी यहाँ भेला भएको उद्देश्य यहाँहरू सबैलाई थाह भएकै होला ! हामी सबैलाई सरकारले यस ठाउँबाट अन्तै सार्ने विचार गरेको छ । हामी जाने ठाउँ यो भन्दा अलिक फरक छ । त्यसैले सभामा मेरो एउटा प्रस्ताव छ । हामी जहाँ गए पनि सबै एकै ठाउँमा जाने र त्यहाँको जग्गामा समवाय रूपमा कृषि गर्ने । जति नाफा हुन्छ त्यसमा सबैको समान हक हुनेछ। सरकारले हामीलाई दिने जग्गामा सबैभन्दा राम्रो कपासको खेति हुने रहेछ। त्यसैले हाम्रो सात सय असी बिघा जग्गामा हामीले कपासको खेति गर्‍यौँ भने सरकारी अनुदान पनि पाइन्छ। पैँतीस डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा कपासको खेति असल हुने कुरा विज्ञान सिद्ध पनि हो । खेतिका लागि सरकारले बीऊ र ट्रेक्टर दिन्छ। त्यस उपरान्त त्यहाँ उप्जनी भएको कपासको उचित मुल्य दिएर सरकारले नै किन्ने छ । त्यसैले कम्तीमा तीनवर्ष हामी मिलेर गर्‍यौँ त्यसमा कसैको चित्त बुझेन भने तीनवर्ष पछि आ आफ्नो जग्गा आफैँ गरौँला। “
जीतेन्द्रको कुरामा सबै सहमत भए र त्यो ठाउँ महिना दिन भित्रमा छोडेर जाने कुरालाई स्वीकार गरी सबै आ आफ्नो घर लागे ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *