सुकिजाला आँसु
देवीचरण सेडाईँ
गजल
सुकिजाला आँसु तिम्रो बन्द होलान आँखा
हराउलान बुझिदिने साउतीको भाषा .
मलाई चाहिँ नबोलाउनु दुःख सुख पर्दा
अपराधी सम्झिएर बिर्सिदिनु आशा ।
तिम्रो माया मुटुभरि सजाइराख्दा पनि
सुनिएन तिम्रो मनको नौलो कुनै भाका
खोलाजस्तो जीवन यो बगिदिनु पर्ने
देखिँदैन कतै किन सभ्यताको नाता
अहङ्कारले धनी गरीब मिल्नदिने हैन
पिरोलियो मानवता नपाउँदा बाचा ।