चाड-पर्व

Debicharan.sedai@gmail.com/ September 2, 2022/ गजल/ 0 comments

देवीचरण सेडाईँ
गजल
दरखाने चाड हो हाम्रो पर्व हो हरितालिका
गर्छन व्रत हरेकले यहाँ वृद्धा हुन वा वालिका
चाड पर्वहरू मनाउनु रमाइलो संस्कार हो 
त्यसैले तिहारमा गर्छन् सबैले दीपमालिका
इतिहास भैदिन्छ तथ्य पूरानो जब हुन्छ त्यो
नरकासुरको कुरा जान्न हेर पुराण कालिका
असमान हुनाले यही भूमि नै असम हुनगयो
कतै डाँडा कतै नाला देखिने भयो गालिका
ज्ञानभए जानिने कुरा भरपर्नु नजाने त
त्यसैले हरेक मान्छे चक्रमा पर्छन जालिका ।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *