खहरे

Debicharan.sedai@gmail.com/ September 20, 2022/ गजल/ 0 comments

-देवीचरण सेडाईँ

खहरेको पानी जस्तो मानिसको जीवन
समयको गतिसँगै बगिदिने चलन

कहिले दुःख सुख कहिले भैदिने यहाँ
सुख बुझ्न गाह्रो हुँदा भइदिन्छ पतन

सुख हुन्छ अनुभवमा बुझ्नसक्नेलाई
भन्छन किन मान्नुपर्ने ईश्वरको खटन

दैव कोहो ईश्वर कोहो बुझ्नै नसकिने
त्यही कुरा सधैंभरि बनिदिन्छ उल्झन

लट्ठी हुन्छ अर्कै सँग आँफू टेक्नुपर्ने
त्यही करा बुझदिने हुनेगर्छ सज्जन ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *