अवचेतन मस्तिष्क -5

Debicharan.sedai@gmail.com/ September 21, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

बिहानै उठेर हीरा विजयको घर पुगेर हिजो राति घरमा भएको सल्लाहको कुरो आमैलाई सुनाउन केही कसर राखिन । अस्सी वर्ष पुग्न लागिसकेकी आमै जितेन्द्रले नयाँ घर बनाउने अरे भनेको सुनेर साह्रै खुसी भइन । आमै हीरालाई कान्छी भन्ने गर्थिन् । हीरा कान्छी बुहारी भएकी हुँदा ठूलाले कान्छी र सानाले कान्छी काकी/भाउजू/बढी आदि भनेर सम्बोधन गर्थे ।
आमैले भनिन- ” कान्छी घर बनाउन त धेरै रुपियाँ चाहिन्छ , कसरी बनाउँछौ हौ ?”
“खै आमै कसरी बनाउँछन् ! तपाईँकै छोरालाई थाह होला!”हीराले उत्तर दिँदै भनी ।
त्यसै बिच आमैले हीरालाई भनिन – ” ए कान्छी तेरा घरमा गुन्द्रुक छ भने अलिकति पठाई दिएस न !”
“हुन्छ नि आमै पठाइदिउँला । भरे बाबूलाई पठाइदिनु न ।” भनेर आफ्ना घरमा भएको सल्लाह सुनाएर घर फर्की । साँझमा विजय आएर गुन्द्रुक लिएर गयो तर भाङ हालेको बट्टामा राखेको गुन्द्रुक हुँदा राति सबैलाई रनाह लागेछ । सबैभन्दा धेरै आमैलाई भएछ । आमै रातभरि हीरालाई तथानाम भनेर बसिछन । बिहान गाउँ भरि हल्ला फिँजिओ । जितेन्द्रको घरमा गुन्द्रुकमा भाङ मिसाएर राखेको कुरा चन्द्रेका कानमा नपुगी रहेन । चन्द्रले जितेन्द्रलाई सुधार्ने हरेक प्रयत्न गर्दापनि हार भएकाले सामाजिक विसङ्गति फिँजाइएको हुँदा गाउँका ठूला बडालाई बोलाएर छलफल गर्ने कुरो चन्द्रले सबैलाई भन्छ । ऊ एक्लै गएर पनि जितेन्द्रलाई नसम्झाएको पनि हैन ,तर कुनै न कुनै निसा उसलाई चाहिने नै भएकाले आफ्नो बानी सुधार्ने पक्षमा कहिल्यै नलागेको देखिन्छ । अब चन्द्रले बोलाएको सभापछि हेरौँ ऊ सुध्रिन्छ कि एकै रहन्छ ।
ऊ विजयको घरमा गएर तयही कुरोलाई सुधार्ने युक्ति मिलाउन खोज्छ । विजयले पनि उसलाई सघाउने अशेष प्रयत्न गर्छ , त्यो दिनको निसा भाङको होइनरहेछ भन्ने विश्वास दिलाउन दुवैले हरेक युक्ति खोज्छन् र सभामा आँफू निर्दोष भएको सावित गराउन र चन्द्रलाई विफल बनाउने
बाटा खोजेर हिँडिरहेछन ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *