अवचेतन मस्तिष्क -35

Debicharan.sedai@gmail.com/ July 1, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -35.
लघुकथा (धारावाहिक) आज बिहानै उठेर सिकुवामा कुर्सी राखेको देख्नासाथ हीरा बोली - आज फेरि के सोच आयो मेरा बूढालाई!

बिहान बिहानै कुर्सी सिकुवामा ?
-भो न हौ , तिमीलाई के पिर पर्‍यो?

  • पिर परेको हैन । अहिले फेरि के सोच आएछ भनेर हो ।
  • तिनै मन्त्री, विधायकले भनेका कुराले कुत्कुती लागेको ।
  • के भने र मन्त्री विधायकले ?
  • मैले तिमीलाई हिजै भनेको थिएँ त ।
  • के त्यही वैध र अवैध भनेको कुरा ?
  • हो, कसरी छुट्याउने होला वैध र अवैध नागरिक?
  • तपाईंको किन टाउको दुख्नुपर्‍यो ? गर्ने काम सरकारले गरिहाल्छ नि ।
  • तै पनि सोचिहेरेको नि । कतै हाम्रा मान्छेलाई पनि विपद् आउँला कि भन्ने शङ्काले सोचेको ।
  • किन सोच्नुपर्‍यो? कृष्णलाई सोध्नु नि ,उसले सबै थाह पाएकै होला ! बिहान बेलुकै मन्त्री विधायकसँग हुन्छ ऊ ।
    -त्यही त कृष्णलाई सोध्नुपर्‍यो भनेर सोचेको । उसलाई सोध्न पनि त भाँति हुनुपर्‍यो । सोझै कृष्ण यो वैध र अवैध कसरी छुट्याउँछ सरकारले भन्दा मलाई यो काका केही जान्दो रहेनछ भन्दैन ?
  • के अब कृष्णको घर जाने ?
  • हो ,जाने एकछिन पछि।
  • अनि के खाजा भात आज उतै कि के ?
  • किन हुन्थ्यो? खाएरै जान्छु नि ।
  • र त्यसोभए म खाजा बनाइदिन्छु ।
    त्यति भनेर हीरा भित्र पसेपछि छ फेरि सोचमा निमग्न हुनथाल्यो। यो सरकारको कुरो केही बुझ्न सकिँदैन । आफ्नो नाफाका लागि हरेक विधान बनाउँछन्।कति होलान् अवैध रूपमा बसोबास गर्ने मानिस? तिनीहरू के सधैँका लागि अवैध हुन्छन् त ? वैध हुनका लागि उनीहरूले के गर्नु पर्छ त अब ? यस्तै कुरामा निमग्न भएकै बेला हीराले उसलाई खाजा खान बोलाउँछे । खाजा खाएर केही क्षणमै ऊ हिँडछ ।
    ऊ बाटो लागेपछि नै चन्द्रले अवैध नागरिकलाई देश निकाला गर्नसक्ने कानूनका विषयमा भनेको सम्झिन्छ । कृष्ण र चन्द्रको सोचसँग आफ्नो सोच मिलाउन खोज्दाखोज्दै कृष्णको घर आइपुगेको थाहै पाएन । त्यही समयमा कृष्ण पनि कहीँ जान निस्केको रहेछ।
    -ए, काका अनि बिहान बिहानै आउनु भयो त के हो कुरा पर्‍यो ?
  • हैन हौ कृष्ण सरकारले अवैध नागरिकलाई देशको विधान अनुसार व्यवस्था गर्ने भन्दै थिए त्यसले हाम्रा मान्छेलाई अप्ठ्यारो त पार्दैन ?
  • काका हाम्रा मान्छेलाई अब केही हुँदैन। सरकारले सारा देशभरि नै आधार कार्ड पुनः निरीक्षण गर्ने विधान बनाएको छ । हाम्रा मान्छेलाई भोटर आइ.डी. का आधारमा निरीक्षण गर्ने निधो भएको छ । अनि यी जति मान्छेलाई सरकारले उच्छेद गर्ने भनेको छ तिनीहरूको चाहिँ भोटरलिष्ट हेरेर लिष्टको आधारमा छुट्याउने भएको छ । 1966 र 1971 सनको भोटरलिष्टलाई आधार मानेर वैध अवैध निर्धारण गर्ने भएको छ । जसको भोटरलिष्टमा सन1966 मा र 1971 मा नाम समावेश भएको छ तिनीहरूको आधार कार्डमा ‘भारतीय’ लेख्ने र जसको 1971 सनको भोटरलिष्टमा मात्र नाम छ उनीहरूको आधारमा ‘डी’ लेख्ने भएको छ । ती ‘डी’ लेखेका मानिसलाई 2041 सनपछि भारतीय मान्ने कानून बनाएको छ । त्यसबेलासम्म उनीहरूले कुनै सरकारी सहुलियत नपाउने र त्यसपछि पनि निर्वाचनमा सहभागी हुन नपाउने प्रावधान राखेको रहेछ ।
  • त्यसो हुँदा उनीहरू आफैँ आफ्नै देशमा जान खोजे वा अरू देशले लान खोजे पनि जान सक्नेछन् ।
  • र,काका अहिले म जान्छु , भोलि यस विषयमा हामी सल्लाह गरौँला भनेर कृष्ण हिँडेपछि जीतेन्द्र पनि घरतिर लाग्छ ।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *