अवचेतन मस्तिष्क -36

Debicharan.sedai@gmail.com/ July 4, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -36.
लघुकथा (धारावाहिक) देश समाजका पिरले खट्पटिएको छ चन्द्र अनि उसको सोचले मलाई घच्घच्याएको छ । हिजो कृष्णले के भन्न खोजेका थिए कुन्नि? नभनी गए । सायद ती दुईले सल्लाह गरेका होलान् ! हो पनि उनीहरू दुबै उच्च शिक्षित व्यक्ति हुन् ,म जस्तो दश बाह्र पढेकाले त्यति माथिको कुरा सोच्नु कसरी? चन्द्रलाई भेटेर आउनुपर्छ होला ! जीतेन्द्रले हीरालाई भन्छ - 'हीरा म चन्द्रलाई भेटेर आउँछु,कोही आए तिमीले भन्दिनु है ।'

  • खै के भएको हो यस्तो , एकदिन घरमा बस्नु छैन । प्रत्येक दिन केही न केही बहाना हुन्छ नै ।
  • त्यस्तो हैन हीरा । ती केटाहरूले हाम्रो गाउँलाई देशभरिकै उन्नत र आदर्श गाउँ बनाउने योजना बनाएका छन् । त्यसमा सबैको सहभागिता हुनु अत्यावश्यक हुन्छ।
  • लौ लौ । हेरौँ के कसरी गाउँको विकास हुँदो रहेछ ।
  • ठिक छ म हिँडे ,भनेर ऊ बाटो लाग्छ । बाटामा उसका मस्तिष्कमा शिक्षामा ल्याउनुपर्ने परिवर्तनका कुरा खेल्न थाल्छन् । जबसम्म देशको शिक्षानीतिमा परिवर्तन आउँदैन तबसम्म देश कहिल्यै विकशित हुने कुरामा विश्वास राख्न सकिँदैन । देशमा उद्योग स्थापना गरेर ती उद्योग चलाउने पर्याप्त ज्ञान जबसम्म आफ्नै देशका मानिसको हुँदैन तबसम्म देश विकशित मानिँदैन। यस्तै यस्तै कुरा मनमा खेलाउँदै जीतेन्द्र चन्द्र कहाँ पुगेको थाहै हुँदैन।
  • काका नमस्कार । अनि , म तपाईंको कुरा नै सोचिरहेको थिएँ । राम्रै भयो आइपुग्नुभयो।
  • किन चन्द्र? मेरो कुरो किन सोचेका?
  • काका आज तपाईँलाई एउटा कुरो भन्नुपर्‍यो ,त्यो के भने हामी जुन काममा लागेका छौँ त्यसमा तपाईंको जत्तिको सहभागिता अरू कसैको छैन । त्यसैले आज शिक्षामन्त्रीका बाहुलीबाट तपाईँलाई एउटा विशेष सम्मान दिने हाम्रो योजना भएको छ । त्यसमा तपाईँले कुनै किसिमको अस्वीकार्यता नगरि दिन हाम्रो निवेदन छ ।
  • किन चन्द्र? के को सम्मान?मैले सम्मान पाउने किसिमको के काम गरेको छु र?
  • काका जसले गर्दा आज हामी यो स्तरसम्म आइपुगेका छौँ त्यसको मूल मानिस नै तपाईं हो । तपाईँलाई त्यस्तो नलाग्ला तर हामीले सबै विचार गरेर योजना बनाएका हौँ ।
    उनीहरूका बिचमा यिनै कुरा चलिरहेकै बेला कृष्ण पनि आइपुगेकाले चन्द्रलाई कुरा अघि बढाउन सजिलो भएको देखियो।
    -काका नमस्कार भन्दै कृष्ण आएर बसे । एक एक गर्दै गाउँका धेरै मानिस भेला भएकाले सबैले पेक्षागृह तिर जाने निर्णय गरे र सबै हिँडे । पेक्षागृहमा अघिदेखि नै मानिस भेला भएका थिए। सबै मन्त्री आउने बाटोमा हेरिरहेका थिए। केही क्षणमै मन्त्रीको गाडी आयो चन्द्र, कृष्णहरू मन्त्रीलाई लिन र स्वागत गर्नमा लागे ।पेक्षागृह खचाखच भरिएको थियो। मन्त्री, विधायकलाई स्वागत गरेर कृष्णले उद्देश्य व्याख्यागर्ने क्रममा भने – एउटा देशलाई उन्नत देश बनाउन सहयोग गर्ने मूल विषय नै हो शिक्षा । कक्षा तीनबाट कम्प्युटरको शिक्षा र कक्षा छ देखि कारिगरी शिक्षा लागु गर्न सकेमात्र देशको शिक्षानीति सफल हुनसक्ने कुरामा विश्वास राख्न सकिन्छ । नयाँ शिक्षा नीतिको उद्देश्य पनि त्यही हो । त्यसैले हाम्रो विद्यालयमा पनि कम्प्युटरको शिक्षालाई भित्र्याउन आज हामीले शिक्षा मन्त्रीलाई निम्त्याएका हौँ । आजदेखि हाम्रो विद्यालयमा नयाँ शिक्षा व्यवस्था लागु हुन लागिरहेछ। आजको सभाको उद्देश्य यही हो भनेपछि उद्घोषक नगेन्द्रले मन्त्री महोदयलाई विद्यालयमा गएर कम्प्युटर केन्द्र उद्घाटन गर्न आह्वान गर्छन्। पेक्षागृहकै आडमा रहेको विद्यालयमा पुगेर शिक्षामन्त्रीले कम्पुटर शिक्षा दिने कोठाको उद्घाटन गर्छन् र आफ्नो वक्तव्य राख्छन् यसरी – यो श्रीपुर गाउँमा बसोबास गर्नुहुने सबै जनतालाई म धन्यवाद दिन चाहन्छु। हाम्रो राज्यमा पहिलो गाउँ यही हो जहाँ कक्षा तीनदेखि कम्प्युटरको शिक्षा लागु हुन गैरहछ । यसमा पूर्ण रूपले उत्साह दिने र शिक्षालाई अमोध अस्त्र मान्ने विशिष्ट व्यक्तिका रूपमा श्रीमान जीतेन्द्रको नाम आएको छ त्यसैले म आज यस सभाबाट वहाँलाई विशेष योग्यता सम्मान प्रदान गर्न चाहन्छु। सभामा तालीको
    गडगडाहटले एउटा बेग्लै माहोल सृष्टि भएको थियो । त्यसपछि मन्त्रीले उद्योगका विषयमा पनि केही थप जानकारी दिएपछि र शिक्षालाई उन्नत बनाउन सबैको सहयोगको
    कामना गर्दै वक्तव्य राख्छन्। नगेन्द्रले सबैलाई धन्यवाद ज्ञापन गरेपछि सञ्चालकले सभा सम्पन्न भएको घोषणा गर्छन्। सबै मानिस आ आफ्नो घरतर्फ लागेपनि जीतेन्द्र, चन्द्र, कृष्ण र नगेन्द्र केहीक्षण हुन्छन् त्यहीँ ।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *