अवचेतन मस्तिष्क -33

Debicharan.sedai@gmail.com/ May 13, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -33.
लघुकथा (धारावाहिक) । संसारको रीति थिति सबै परिवर्तन भयो । मान्छे भन्नु अनुहारमा मात्रै रह्यो ।

बुझ्दैनन कोही सुन्दैनन् कोही अरूका कुरा । सबैलाई सम्पत्ति मात्र चाहिएको छ । जाति भाषा भन्ने नरहने भैसक्यो। एकदिन संसारमा स्त्री र पुरुष मात्र रहन्छ होला! त्योभन्दा अघि इस्लाम मुलुक हुने सम्भावना बढेको कसैले विचार नै गरेको छैन । हिजो अस्तिसम्म मान्छे जान डराउने ठाउँमा आज सैयौँ घर बनिए । कहाँबाट कसरी आए कसैले खबर नै गरेनन । यी भुर्तेल कृष्ण पनि केही कामका रहेनछन । सम्बाददाता भनेर हिँड्ने गर्थे खै ? एम.एल.ए.,एम.पी.सबै चुप्प छन । हामीले उद्योग बनाउनुपर्छ भनेको ठाउँमा घरै घर भए । आउने सोमबार मन्त्री आउने भन्थे ,अब मन्त्री आएर के भन्लान् ? बरु चन्द्रसँग गएर यस विषयमा कुरा गर्दा केही होला कि भनेर जीतेन्द्र घरबाट हिँडे। बाटामा एकजना नयाँ मानिसलाई भेटेर कुरा गर्दै जाँदा त्यही ठाउँमा आएर बसेको मानिस रहेछ भन्ने थाहभयो । उनले त्यस मानिसलाई सोधे – ” अनि यो ठाउँमा कहाँबाट आउनुभयो?”
जीतेन्द्रको प्रश्नको उत्तर दिने क्रममा ती मानिसले भने – ” हामी एकसय घर छौँ । सबै बूढा छपडीमा थियौँ त्यहाँबाट सरकारले उच्छेद गरेको हुँदा यहाँ आएर बसेका हौँ ।”

  • “के यो ठाउँ सरकारले दिएको हो र ?”
  • हैन नि सरकारले त उच्छेद गर्‍यो सकियो । हामीलाई सरकारले किन जग्गा दिएर राख्थ्यो ? हामी ठाउँ न ठहरका मानिस हौँ । हामीलाई कुनै देशले आफ्नो देशको नागरिक हो भन्दैन । मानव अधिकार आयोगमा मुद्दा हालेको छ । अन्तर्राष्ट्रिय अदालतले जे सल्लाह दिन्छ हामी त्यही गर्छौँ । “
    _”अनि बूढा छफडीमा चाहिँ कहाँबाट हो नि ?”
    -“हामी सबै एकै गाउँका हैनौँ । कोही बर्माबाट, कोही बङ्गादेशबाट र कोही चीनबाट आएका हौँ।”
  • “ती ठाउँ छोडेर किन हिँड्नु पर्‍यो त ?”
    -“ती ठाउँमा पनि हामी नयाँ थियौँ , त्यसैले त्यहाँका सरकारले हामीलाई कानूनी कार्रवाई गर्ने भएको हुँदा छोडेर हिँडेका हौँ ।”
    -” अनि यहा चाहिँ कानूनी कार्रवाई हुँदैन र ?”
  • ” हुन्छ तर ती देशको जस्तो कठोर कानून भारतमा छैन । अलिक वर्ष बसेपछि यहाँको सरकारी कागज बनाउन सकिन्छ । यहाँका मानिसलाई पैसा दियो भने जस्तो पनि कागज बनाउन सकिँदो रहेछ । हामी कामगर्ने मानिस हौँ । हामीलाई सबैले काममा लगाउने हुँदा चल्न अप्ठ्यारो हुँदैन। यहाँका मानिसको भन्दा थोरै पैसामा धेरै काम गर्ने भएकाले हामीलाई मानिसले खेदाउने कुरा गर्दैनन्।”
    त्यही मान्छेसँग कुरा गर्दागर्दै जीतेन्द्र चन्द्रको घर पुगेको थाहै पाएनन्।
    चन्द्र सिकुवामा बसेर खबर कागज पढिरहेका रहेछन । जीतेन्द्र छेउमा आइपुग्दा उनले थाहापाए।
  • काका नमस्कार!
    -नमस्कार , अनि के छ चन्द्र?
    -के हुनु काका , पारीपट्टी देख्नु भयो होला नि !
  • देखेँ , त्यसै विषयमा कुरा गरौँ भनेर आएको ।
  • हामी हिजै उपायुक्तको कार्यालयमा गएका थियौँ । सरकारले चाँडै कुनै व्यवस्था गर्ने छ भने । अब तीन दिन बाँकी छ , त्यसपछि त मन्त्री खुदै यहाँ आउने कुरा हो । सायद मुख्यमन्त्री पनि आउनुहुन्छ होला । उपायुक्तले म मुख्यमन्त्रीलाई मेइलद्वारा जनाउँछु भन्नुभएको छ । मुख्यमन्त्री आए त हामीले सोचेको काम सत प्रतिशत हुन्छ भन्नेमा द्विमत हुँदैन । हुन्छ काका केही चिन्ता गर्नुपर्दैन। कृष्णले यस कुरालाई गम्भीर मानेर पाइला चलाउँदै छन्। हामी तीन दिनपछि भेटौँला काका । एकछिन बस्नुहोस् खाजा खाएर जानुपर्छ।
    चन्द्र र जीतेन्द्र केही क्षणमा छुट्टिन्छन्।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *