अवचेतन मस्तिष्क -24.

Debicharan.sedai@gmail.com/ January 27, 2023/ avachetan mastiska, लघुकथा/ 1 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -24.
लघुकथा (धारावाहिक)
आज बिहानै भुर्तेल कृष्ण र कल्याण सर जीतेन्द्रलाई भेट्न भनेर आउँदा बाटामा हरिहर बालाई भेटेर हिजो पुलिस किन आएका रहेछन् त्यो जान्न चाहँदा बा ले भने – “मैले दोकानबाट ल्याएका सामानको हिसाव सम्बन्धमा जान्न आएका रहेछन्।”

  • बा पुलिसलाई किन चाहिएछ हिसाव भनेर कृष्णले सोधेपछि बाले भने – “पुलिस हैनन् ती ।”
  • को हुन् त बा ?
  • आयकर विभागका मानिस थिए ।
  • आयकरको के काम परेछ फेरि?
  • “मैले दोकानबाट दुईलाख पचास हजारको सामान नगदी किनेको हुँदा आयकरमा त्यो खबर पुगेकाले आएका रहेछन् तर मैले त्यस आयको स्रोत भनेपछि उनीहरू गएका हुन्।
    दुईलाख भन्दा बढी रकमको सामान किन्दा चेकद्वारा लेनदेन गर्ने सल्लाह दिएर गए ।”
  • बा के अब सामान किन्नु पर्दा नगद दिन पाइँदैन अरे?
  • पाइन्छ,तर दुईलाख भन्दा बढ्ता दिन पाइँदैन।
  • यो कुरो जीतेन्द्र काकालाई सुनाइदिनु पर्ने रहेछ ।
  • जीतेन्द्रलाई अघिनै थाह लागिसकेको छ ।
  • लौ त बा हामी जान्छौँ , काकालाई भेटेर फर्किने।
  • ल बाबू जाओ । हाम्रा गाउँमा कसैलाई केही अप्ठ्यारो पर्न आए कसरी जोगाउन सकिन्छ विचार गर्नुपर्छ।
  • हुन्छ बा , हामी त्यस कुरामाथि सतर्क छौँ
    । नमस्कार भनेर दुबै जीतेन्द्रलाई भेट्न बाटो लागे।
    बाटामा कल्याणले कृष्णलाई भने – “कृष्ण समय कस्तो आयो विचार गर त आफ्नो सम्पत्तिको अधिन पनि आफूमा नहुने ।”
  • हैन सर , तपाईंको सम्पत्तिको अधिकार तपाईंमा छ तर त्यसको जानकारी सरकारलाई दिनुपर्छ। तपाईंको सम्पत्ति कति छ र त्यसको व्यवहार कसरी गर्दै हुनुहुन्छ त्यो कुरा सरकारले थाह पाउनुपर्छ। को मान्छे कसरी धनी वा गरीब भयो त्यसको शुद्ध जानकारी सरकारलाई हुनुपर्छ। त्यो थाह नभए सरकारले कसरी गरीबलाई सहयोग गरोस् ? यसरी गफ गर्दै उनीहरू जीतेन्द्रका घर पुगे ।
    काका नमस्कार।
    जीतेन्द्र सधैँ झैँ आफ्नै सोचमा निमग्न भएका बेला अकस्मात काका नमस्कार भन्दा झस्किए झैँ गरेर उनीहरू तिर हेर्दै नमस्कारको प्रत्योत्तर दिँदै सोध्छन् – अनि आज दुबैजना के कामले हिँड्यौ त ?
  • “काका हिजो अधिकारी बा का घर किन पुलिस आएका रहेछन् त्यही कुरा जान्न र तपाईँलाई पनि सतर्क गराउन आएका हौँ”
  • मलाई के कुरामा सतर्क गराउने कुरा पर्‍यो र ?
  • आफ्नो आयको स्रोत भन्दा धेरै रकमको कारोबार गर्‍योभने आयकरले तपाईँको आयको स्रोत माग्दछ र देखाउन नसके तपाईं माथि मुद्दा चलाउँछ, त्यसैले हामी त्यही कुरा लाई जनाउन आएका हौँ भनेपछि जीतेन्द्रले
    दुबैलाई धन्यवाद दिन्छन् र आफू सतर्क भएको विस्तार गर्छन् ।
Share this Post

1 Comment

  1. Well done sir, keet it up, aati uttam🙏

Leave a Comment

Your email address will not be published. Required fields are marked *