अवचेतन मस्तिष्क – 52.

Debicharan.sedai@gmail.com/ May 1, 2024/ avachetan mastiska, लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

             बिहानै उठेर न्वाइध्वाइ सकेर कुर्सीमा बसेको जितेन्द्र बिरामी हो के भन्ने किसिमको देखिएको छ। हीराले चिया र विस्कुट ल्याएर दिएपछि ऊ भन्छ – यो समयलाई जित्नसक्ने संसारमा कोही होला जस्तो लाग्छ हीरा तिमीलाई?
– अब भो ती नचाहिँदा कुरा दिमागमा ल्याएर किन फेरि बिमार बल्झाउनु ?
– हैन हौ बिमार बल्झाउने कुरो हैन । मैले साँच्चैको कुरो गरेको । हामी यहाँ बसेको दुई महिना भैसक्यो। यो कोठादेखि बाहिर कस्तो भैसक्यो होला भन्ने सोच आएर सोधेको नि तिमीलाई। ए साँच्ची डाक्टर कतिखेर आउने रे ?
– एघार बजेसम्ममा म आइपुग्छु भन्नुहुन्थ्यो। एघार बज्नलाग्यो अब आइपुग्ने बेला भयो।
– आज अब फेरि के के भन्नुहुने हो ?
-के भन्नु र ! आफ्नो कुरा बाहेक अन्य कुरा मनमा ल्याएर चिन्ता मग्न नहुनु चाहिँ पक्कै भन्नुहुन्छ। ऊ आउनु भयो डाक्टरसाब।
          डाक्टरलाई देख्नेबित्तिकै जितेन्द्रले नमस्कार डाक्टरसाब भन्यो । डाक्टरले पनि प्रत्युत्तरमा नमस्कार भन्दै के कस्तो छ भनेर सोध्नासाथ उसले सबै ठिक भएको बताउँछ। अनि जितेन्द्रजी आज त घर जाने हो तर घर पुगेर फेरि फर्केर आउनुपर्ने र न आउनुपर्ने चाहिँ तपाईँमाथि नै निर्भर गर्छ । यदि तपाईंले अवचेतनलाई उत्साह दिनु भयो भने अस्पताल रुङ्गनु पर्ने छ नत्र तपाईँ सधैँका लागि स्वस्थ भएँ भनेर सम्झे हुन्छ। किनकि यो संसारमा जति पनि मानिस बिरामी हुन्छन वा छन ती मध्ये नब्बे प्रतिशतभन्दा धेर मानिस आफ्नो सोच र डरले बिरामी भएका हुन्छन्। डाक्टरले त्यो सोच वा डरको चिकित्सा गर्न समय लाग्ने भएकाले धेरै दिनसम्म चिकित्सालयमा बस्नुपर्ने हुन्छ। त्यसैले तपाईँले अवचेतनलाई बिर्सिएर स्वस्थ भएको सोचलाई लिनुपर्ने छ । ए अनि यो अवचेतनले तपाईँको मस्तिष्कमा ठाउँ पाएको कुरा भन्छु भन्नुहुन्थ्यो नि अलिकति सुनाउनु होस त ।
– डाक्टरसाब, जुनदिन म दुर्घटनामा परेको थिएँ त्यसको महिना दिन अघिदेखि मेरा मस्तिष्कमा देशको विकासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उद्योग रहेछ र त्यसलाई चलाउन प्रशस्त धन चाहिँदो रहेछ भन्ने कुराले ठाउँ बनाइसकेको थियो। छोराछोरीलाई राम्रो शिक्षा दिनसके मात्र असल नागरिक बनाउन सकिने रहेछ भन्ने कुरा माथि मेरो सोच अडिएको थियो। त्यसैले दुर्घटनापछि नै ती सबै कुराले मेरो चेतन मनलाई उठन नदिएर उद्योग, शिक्षा र सबल आर्थिक अवस्थाको पक्षलाई लिएर मेरो अवचेन मस्तिष्क चलेको हुनाले मैले यतिका दिन चिकित्सालयमा बस्नुपर्‍यो । मेरा अवचेतनले जे जस्ता कुराहरू भेटेको थियो ती सबै कुरा यथार्थमा हुनु हो भने हाम्रा देशमा गरीब भन्ने एउटै मानिस हुने थिएनन् साथै विश्वका देशहरूमा पहिलो उन्नत देश नै हाम्रो देश हुने थियो ।
– हो जितेन्द्रजी , अवचेतनले भेटे जस्तो हुन्थ्यो भने पृथ्वी स्वर्ग हुने थियो, मानिस सबैले स्वर्ग सुख भोग्ने थिए,तर अवचेतनलाई लिएर वास्तव संसार चल्दैन । यहाँ यथार्थ पक्षको मात्र कदर हुन्छ । अवास्तव र अति यथार्थमा संसारको कुनैपनि पक्ष रहन सक्दैन । त्यसैले मानिस अति यथार्थमा हैन यथार्थमा र अवास्तवमा हैन वास्तवमा बाँच्ने सोच दर्बिलो बनाउनु पर्नेछ । ठिकै छ अब तपाईँ वास्तवमा बाँच्न खोज्नुहोस्, त्यही अवचेतनलाई वास्तव बनाउने र सबैको हीत हुने कुरा सोचेर अघि बढ्नुहोस्। अवचेतनमा नहिँडेर चेतनमा हिँडनुहोस कर्तव्य परायण हुने प्रयत्नमा लाग्नुहोस सबैकुरा असल र सुखद हुँदै जानेछन । मैले तपाईँको भुक्तानी रकम आधा गरिदिएको छु ।आधा रकम तिरेर तपाईँ जानसक्नु हुनेछ । पर्चीमा लेखिएका औषधि भने अनुसार लिनुहोस सबै राम्रो हुँदै जानेछ।
– डाक्टरसाब तपाईँमा म आभारी छु । तपाईँको निर्देशन अनुरुप चल्ने प्रयत्न गर्नेछु।
           डाक्टर र जितेन्द्रको कुरा भैरहेकै बेला हीराले सबै काम समाधा गरिसकेकी हुँदा डाक्टरबाट विदा भएर उनीहरू घरतिर लाग्छन्। बाटामा दुबैले -गाउछन घर पुगिञ्ज्यालसम्म —
यो हाम्रो गाउँ रमाइलो ठाँउ हामी यहीँ रमाउँ
गाउँको विकास गरेर देशलाई अगाडि बढाउँ ।
खेलकुद अनि पढाई गर्ने योजना गर्नु छ
गाउँको नाम हो हाम्रो शान जोगाउनु पर्दछ ।
कमाउन धन भनेर हामी शहर नजाउँ
गरेर उद्योग गाउँ मै बसौँ यसैलाई सजाउँ।
हे मेरा दाजु हे मेरा भाइ दिदी र बहिनी हो
अगाडि बढ्यौँ राखेर ज्ञान गाउँका विकासको।
सुन्दर संसार बनाउँ हामी यो हाम्रो गाउँलाई
नगर ईच्छा छोडेर जाने यो सुन्दर ठाउँलाई।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *