अवचेतन मस्तिष्क – 45

Debicharan.sedai@gmail.com/ March 23, 2024/ avachetan mastiska, लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ



        गाउँको पल्लो पट्टि चारैतिर कपास फुलेको ,बीच बीचमा सूर्यमुखीका लहरै फुलेका पहेँलै फूल । नदी पारि लहरै तीनोटा फेक्टरी । फेक्टरीका अघि मूल सडक । गाउँबाट लगभग एक मील टाडा बनाइएका फेक्टरीले गाउँलाई कुनै किसिमको हानि नपुर्याउने व्यवस्था । योजनाबद्ध तरिकाले बनाइएका छन फेक्टरीहरू । ती सबैको रेखदेख गर्ने कामका लागि गाउँ सभाले बनाएको छ समिति । समितिमा मुख्य सल्लाहकार भनेर जितेन्द्रलाई चुनिएको छ । सरकारी अनुदानमा बनाइएका फेक्टरीमा सरकार पक्षबाट भने कुनै मानिस राखिएको छैन । सबै काम गाँउ सभाले गर्ने योजना गरिएको छ। त्यसैले होला आज बिहानै गाउँका मुखियाहरू, मास्टर सबै कपास खेति हेर्न पुगेका छन । जितेन्द्रलाई भने एक तमासको तमतमाइलो लागेको छ । उसको एकमात्र छोरालाई जागिरमा छोडेर हिजैमात्र आएको हुनाले मन खुसी छैन । जितेन्द्रको मलिन अनुहार देखेर कृष्णले सोध्छ – ‘काका किन तपाईं खुसी हुनु भएको छैन?’
– हैन नि कृष्ण म पनि खुसी नै छु । सबै रमाएका ठाउँमा म कसरी नरमाउने ? हामीले गरेको यति दिनको मिहिनेतले खेत नै रमाइलो भएको छ ,हामी किन नरमाउने?
– होइन, तपाईँले अलिक मन मारे जस्तो लागेर सोधेको नि !
– तिमीलाई थाहै छ ,भाइ सरकारी अधिकारी भएर गयो अहिले घरमा हामी दुई जना मात्रै छौँ अनि एक किसिमको खुसी त्यहाँ खोसिएको छैन र ?
– किन हुन्थ्यो काका ,आज त तपाईँ अरूको भन्दा दोबर खुसी हुने दिन हो । हाम्रो गाउँबाट चार चार जना सरकारलाई सघाउन पुगेका छन । त्यस्तो खुसीमा पनि तपाईँ नरमाइलो मान्नु हुन्छ?
– कृष्ण, सामाजिक काम र घरेलु व्यवहारमा धेरै अन्तर हुन्छ। घरेलु व्यवहारमा घरका सदस्य मात्र हुन्छन् र उनीहरूको आपसी तालमेलमा व्यवहार चलेको हुन्छ,तर सामाजिक काममा समाजमा चुनिएका व्यक्तिहरूले सामाजिक मर्यादा राखेर सबैको चित्त बुझाउनु पर्ने हुन्छ। त्यसैले पनि मानसिक तनाव बढने गर्छ ।
-काका, किन चिन्ता गर्नुहुन्छ? अब त हामी उद्योग चलाउन सकिने पक्षमा आइपुगेका छौँ । अब धेरै भनदा धेरै तीन महिना लाग्ला हो , त्यसपछि त हामी निकासी व्यवस्थामा लाग्नुपर्ने हुन्छ । सरकारले हामीलाई भने अनुसार हो भने उद्योगको उत्पादन सरकारले स्वयं लाने र बेचबिखन गर्ने भनेकै छ । त्यसमा हाम्रो टाउको दुखाइको कुनै कारण नै छैन । पर्सीबाट तीनदिन हामी चन्द्रलाई सघाउन जाने अनि त्यसपछि कटबोर्ड(दह्रो कागज)को उद्योगका लागि चाहिने सामान जुटाउन लाग्नुपर्छ। उनीहरूले कुरा गरिरहेकै बेला नगेन्द्र आएर कृष्णलाई सोध्छन – “कृष्ण अनि तिमी त धेरैदिन हराएका थियौ किन ?”
– कहाँ हराउनु काका ,एउटा काम भनेर गएको अरू चारोवटा काम थपिए । दुई दिनका लागि गएको दश दिन लाग्यो । प्लास्टिक उद्योगको काम पनि थियो,त्यो गर्नै भ्याइएन ।
– होइन हौ कृष्ण,यो प्लास्टिक उद्योगमा चाहिँ के के बनाउने परिकल्पना छ हौ ?
– काका अनि अघिल्लो महिनाको गाउँ सभामा तपाईँ हुनु हुन्नथ्यो र ? त्यही सभामा सबै परिकल्पनाका कुरामा विस्तृत छलफल भएको थियो नि ।
– ए हो र म विशेष कामले गर्दा पुग्न नभ्याउँदा केही जान्न नपाएको हो ।
– काका विशेष गरि प्लास्टिक उद्योगमा दैलाका चौकाठ र कुर्सी बनाउने योजना हो । अहिलेको समयमा काठका चौकाठ बनाउन लाग्नु हो भने जङ्गल सफा हुने सम्भावना धेरै भएको हुँदा र परिवेश विनष्ट हुने कुराले जङ्गल बचाओ अभियान चलाउन घर बनाउँदा चाहिने सामग्री प्लास्टिकबाट तयार गर्ने परिकल्पना गरिएको हो । यसमा हुने प्रदुषण रोक्न यसका चिम्नीलाई धेरै उचाइमा पुर्याउनु पर्नेहुन्छ र सोही अनुरूप हामीले सबै तयार गरिसकेका छौँ।
– राम्रो कुरा। ए साथीहरू त गैसकेछन त !
– लौ , काका हामी पनि जाउँ भनेर उनीहरू पनि घरतिर लाग्छन्।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *