अवचेतन मस्तिष्क – 44.

Debicharan.sedai@gmail.com/ March 22, 2024/ avachetan mastiska, लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

         एकातिर उद्योग चलाउने तर्खर अर्कातिर सबैको आ आफ्नो घरको धन्दा। जितेन्द्रलाई छोरो जागिरमा पठाउने व्यवस्था मिलाउन परिरहेको छ भने चन्द्रलाई आफ्नो बिहेको। समाजमा भएका सबै मानिस उत्तिकै लगनशील भैदिए कुनै किसिमको अप्ठ्यारो हुने नै थिएन। कृष्ण हिँडेको पनि साता दिन भैसक्यो।खेतमा कपास फुलिसकेको छ ।एकपटक कपासमा पानीको व्यवस्था गर्न सके कपासका रेसाहरू लामा हुनेथिए र किरा लाग्नबाट जोगिने थियो । चार पाँचजना मानिस लगाएर खेतमा पानी लगाउन कसैको बुद्धि नपुगेको देख्दा पिरोलिएको छ जितेन्द्रको मन । ऊ यस्तै कुराको पिरोलोमा रहेकै बेला विजय आएर दाजु नमस्कार भन्दा मात्र  सोचाइबाट यथार्थमा फर्किन्छ।
– नमस्कार! अनि विजय के छ खबर ?
– के हुनु र ! ठिकै छ ।आज खेतमा पानी लगाउन मानिस लगाएको छु । कृष्णको केही थाह पत्तो छैन । उता चन्द्रको बिहे पनि अडके जस्तो छ !
– किन के भएछ चन्द्रको बिहेको कुरा ?
– कता हो चन्द्रकी आमा केटीकी आफ्नी भन्ने हल्ला छ अरे ।
– यो कुरो धेरैलाई थाहै छैन । चन्द्रकी आमा चन्द्र नजन्मिँदै मरेकी भनेर । ती माइली भाउजूका दुईभाइ छोरा र एउटी छोरी भएपछि माल्दाइ बितेका हुन । घरको अवस्था राम्रो थिएन । त्यसैबेला चन्द्रकी आमा दोजिया भएकी थिइन । विष्णुदाइले चिकित्सकको सल्लाह अनुसार गर्भ सार्ने कुराको निर्णय गरेर माइली भाउजूलाई घर बनाइदिने र चारलाख रुपियाँ दिने भएर गर्भ भाउजूमा सार्न भाउजूलाई मुम्बई लिएर गएका थिए । मुम्बईमा नै चन्द्रको जन्म भएको  थियो।ऊ जन्मिएपछि साह्रै कष्ट गरेर विष्णुदाइले चन्द्रलाई हुर्काएका हुन । यो कुरो गाउँका थोरैले मात्र जानेका हुनाले आज चन्द्रको बिहेको कुरा चल्दा मानिसले भनेका हुन । त्यो केटी माइली भाउजूकी आफ्नी हो तर चन्द्रसँग केही नाता छैन । त्यसो हुँदा बिहे नहुने कुनै प्रश्नै आउँदैन। यतिकुरा विजयलाई सुनाएर उनीहरू चन्द्रको घर जान निस्किन्छन्।
– ए, चन्द्रकी आमा माइली भाउजू होइन रहिछन त्यसोभए। गाउँका मानिसले चाहिँ माइली भाउजूको छोरो विष्णुदाइले पालेको भन्ने पो जानेका रहेछन ।
– होइन नि । चन्द्र विष्णुदाइकै छोरो हो ।भाउजू नबाँच्ने हुँदा गर्भ सारेको मात्र हो ।
– त्यस्तो पनि हुँदो रहेछ हो दाइ ?
– अहिले त विज्ञानले साह्रै प्रगति गरिसकेको छ ,तर पनि सत्य युगको टुङगामा भने अझै पुग्नसकेको छैन । खोज अनुसन्धान भै नै रहेको छ एउटा समयमा सत्य युगको समयलाई विज्ञानले समाउन सक्षम होला ! तर, त्यो समय हाम्रो जीवनमा हुन्छ भन्न चाहिँ सकिँदैन। यसरी कुरा गर्दागर्दै दुबै चन्द्रको घर पुगिसक्छन । विष्णुदाइलाई सम्बोधन गर्दै दुबैले दाजु नमस्कार भन्छन । ल ल आज जितेन्द्र भाइ पनि पो आएछन त ,केही जरुरी हो कि के हो ? होइन दाजु जरुरी त केही होइन , यी विजयले भनेका
कुरालाई स्पष्ट गराइदिन सके कसैका मनमा शङ्का उपशङ्का रहने थिएनन भन्ने सोच लिएर तपाईंसँग भेट्न आएको ।
– होइन जितेन्द्र अहिले सबैकुराको जानकारी गराइयो । सबैले असल कुरा थाह पाइसकेका हुनाले यही जूलाई महिनाको बाह्र तारिख चन्द्रको बिहेको टुङ्गो भैसकेको छ । सबै साथीभाइ मिलेर बिहे उतार्नु पर्छ । सबैभन्दा अहम भूमिका तिमीले निर्वहन गर्नुपर्ने छ ।
– हुन्छ नि दाजु , चन्द्र हाम्रै छोरो हो र सबैको होस्टेमा हैसेले बिहे उत्री हाल्छ नि ।अहिले हामी लागौँ होला दाजु भनेर घरतिर लाग्छन्।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *