परिवर्तन

Debicharan.sedai@gmail.com/ September 7, 2022/ गजल/ 0 comments

देवीचरण सेडाईँ
गजल
फागुन चैत बाढी आए असार साउन खडेरी
सुख्खा पर्छ सबैतिर चुहुँदैन बलेनी ।
अनिकालको बेला आउँछ बाँच्न हम्मे हुन्छ
नखाई बाँच्ने हुन्नन कोही मर्छन् अन्न नदेखी ।
हुन्छ रूप विपरीत प्रकृतिको सधैँ यहाँ 
जीव जगत मर्ने हुन्छ झार जङ्गली नटेकी ।
नमास है प्रकृतिलाई जीव कुलका लागि
बाँच्नुपर्छ जीवजगत अस्तित्वलाई नमेटी ।
बचाउने प्रकृतिलाई मानिस नै हो जान
नबचाए प्रकृतिलाई रहँदैन अधेली ।
                                °°°°°
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *