केही फरक पर्दैन

Debicharan.sedai@gmail.com/ February 8, 2023/ Uncategorized/ 0 comments

-देवीचरण सेडाईँ
गजल


तिमी पहाड चढ कि खोला तर केही फरक पर्दैन
टाकुरामा पुग कि तल झर केही फरक पर्दैन।

मैले बोलाउँदा पनि नसुन्ने तिम्रो बानि बसिसकेछ
अब त नजिक आउ कि पर सर केही फरक पर्दैन।

मन मिल्छ कि भनेर मैले तिमीलाई नै रोजेको थिएँ
तिमी सही मान कि गिल्ला गर केही फरक पर्दैन

मेरो हृदयले तिमीलाई नै खोज्दा पनि मानिनौ
अब त अमृत देऊ कि बिष छर केही फरक पर्दैन।

यहाँ त बाँच्न पाउनु नै मूल कुरा हो जीवनको
तर तिमीले पारे पनि अभर केही फरक पर्दैन।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *